Wednesday, January 2, 2013

मानवअधिकारका सन्दर्भमा दलित

एक्काइसौं शताब्दीको महङ्खवपूर्ण एजेण्डा मानवअधिकार हो । जातीय भेदभावको उन्मूलन मानवअधिकारभित्र समेटिएका थुप्रै विषयहरु मध्ये एउटा महङ्खवपूर्ण विषय हो । विश्वमा नै मानवअधिकार एउटा अत्यन्तै जटिल समस्या हो । यसका सन्दर्भमा प्रकृतिवादी र अस्तित्ववादीका बीचको विवाद अझै टुङ्गिएको छैन । यद्यपि संयुक्त राष्ट्र संघको मूल उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको स्थापना हो र पनि जाति, भाषा र सम्प्रदाय बीचको द्वन्द्वका कारण स्थायी शान्ति र सुरक्षा हुन सकिरहेको छैन । जातीय र क्षेत्रीय विखण्डनको द्वन्द्वको उदाहरण यतिबेला हामी आफैंबाट देख्न सक्छौं । हामी पनि जातीय र क्षेत्रीय विखण्डनवादको भूमरीमा फँस्दैछौं, फँसिरहेका छौं ।
जर्मनी र इटालीमा फाँसीवादको उदयसँगै र दोस्रो विश्वयुद्धको विष्फोटपछि मानिसका आधारभूत अधिकारको महङ्खवमाथि धेरै प्रश्नहरु उठाउन थालियो र यसैलाई अन्तर्राष्ट्रिय विचार र सम्मेलनहरुमा मुख्य बुँदाका रुपमा लिन थालियो । सत्ताका लागि राजा–महाराजा र धर्मगुरुहरुका बीचमा भएका कुलिन वर्ग–संघर्षहरुमध्ये बेलायतमा भएको एक संघर्षको परिणमस्वरुप सन् १२१५ मा स्वतन्त्रताको महाअधिकारपत्र बन्नु धेरै पहिला ईसापूर्व २००० वर्षमा तयार भएको बेबिलोनिया कोडमा पनि केही परिवारिक र सामाजिक अधिकारहरुको उल्लेख भएको पाइन्छ । यसरी प्राचीनकालदेखि मानवअधिकारका विषयमा सिद्धान्तहरु बन्दै आएको भएता पनि प्रथम विश्वयुद्धपछि स्थापना भएको राष्ट्र संघ नामक प्रथम अन्तर्राष्ट्रिय संगठन अन्तर्गत मानवअधिकार संरक्षणका सम्बन्धमा धेरै प्रयासहरु भए । यी प्रयासहरु अल्पसंख्यकहरुको अधिकारहरुको संरक्षणमा मात्र सीमित थिए ।
जातीय भेदभावका सबै स्वरुपहरुको उन्मूलन विषयक सन् १९६५ को सन्धि पूर्णरुपमा असफल र निरर्थकसिद्ध भएपछि त्यस सन्धिद्वारा गरिएको परिभाषा अन्तर्गत पर्ने रङ्गको आधारमा गरिने भेदभावको विषय संयुक्त राष्ट्र संघको ध्यानको केन्द्रबिन्दु बन्न पुग्यो । रङ्गको आधारमा गरिने भेदभाव पनि जातीय भेदभाव अन्तर्गत पर्दछ भन्ने ठानियो । जातीय भेदभावको कुनै पनि स्वरुपको अन्त्य नभएपछिको स्थितिमा रङ्गको आधारमा गरिने भेदभावको उन्मूलनको सम्बन्धमा मात्र थप कदम चाल्ने निर्णय गर्नुको पछाडि अफ्रिकामा उपनिवेशवादको पूर्ण उन्मूलन गर्ने प्रकृयामा मुख्य रुपमा गोरा अल्पसंख्यक समूहद्वारा काला बहुसंख्यक समूह विरुद्ध संचालन गरिएको रङ्गभेद नीतिले बाधा पु¥याएको र यस सम्बन्धमा विश्व जनसमुदायको आवाज तेज हुन थालेकोले रङ्गका आधारमा गरिने भेदभाव उन्मूलन गर्ने विशेष कदम चाल्न संयुक्त राष्ट्र संघ बाध्य भएको हो । तर नेपाल र भारतमा हुने विश्वमा नै घृणित जातीय भेदभावप्रति संयुक्त राष्ट्र संघको ध्यान भने अझै केन्द्रित हुन सकिरहेको छैन ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेको छ, छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको छ । तर यसप्रतिका सफल प्रयत्नहरु भने निराशाजनक देखिन्छन् । किनभने नेपालमा जातीय भेदभावका समस्याहरुको समाधानलाई विकासका कार्यसूचीभित्र राखिएको छैन । २०६३ सालपछि मुलुकले अग्रगामी फड्को मारिसक्यो भनेपछि प्रस्तुत गरिएको नेपाल सरकारको विभिन्न नीति तथा कार्यक्रम र बजेटमा जातीय भेदभावको शिकार भएका नेपाली दलितका लागि त्यस्तो आकर्षणको प्रभावकारी विशेष व्यवस्थाको कार्यक्रम छैन । यसले के देखाउँछ भने हामी व्यवहारमा अझै पाकेका छैनौं । बोल्ने र गर्ने कुराको तालमेल मिलाउदैनौं । हामी मानवअधिकारका विषयमा संवेदनशील पटक्कै देखिएका छैनौं । पुरातन सोचबाट गुज्रिने क्रमबाट पटक्कै रुपान्तरित हुन सकिरहेका छैनौं । सामन्ती चिन्तनबाट मुक्त हुन सकिरहेका छैनौं । यी कुराहरु हाम्रा घटनाक्रमहरुले देखाइरहेका छन् ।
दलित कुनै धर्म, संस्कृति तथा सम्प्रदायको छुट्टै विशेष पहिचान होइन । यो एउटै धर्म, संस्कृति तथा सम्प्रदायभित्रको अनुदार सामन्ती सोचको उपज हो । जातीय उत्पीडनको पहिचान हो । र, दलित शब्द गर्वको विषय होइन । तर विकासवादी सोचले दलित शब्दलाई गर्वको विषय बनाएको छ । अब नेपाली दलितले यो शब्दबाट मुख लुकाएर भाग्नु पर्ने स्थिति छैन, नैसर्गिक मानवअधिकार खोज्नु पर्छ, त्यसका लागि लड्नु पर्छ । यद्यपि मानवअधिकारका आँखामा दलित शब्द स्वीकार्य हुँदैन । दलित शब्द विभेदवादी सोच हो । मानवअधिकार भनेको सबैलाई समानताका आँखाले हेरिने दृष्टिकोण हो । यसले समानताको सिद्धान्तलाई अंगीकार गर्दछ । यसैले यहाँ प्रश्न उठ्ने गर्दछ– त्यसोभए के नेपाली समाजले समानता र समान अवसरको उपभोग गर्न सकिरहेको छ त ? यही प्रश्नको उत्तर खोज्दा मानवअधिकारको कार्य–क्षेत्रभित्र नेपाली दलित कहाँ छन् भनेर खोज्नु पर्ने हुन्छ । “सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि” लाई अध्ययन गर्दा “जातीय भेदभाव भन्नाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक वा सार्वजनिक जीवनका वा अन्य व्यवहार निषेध वा कमजोर गर्ने उद्देश्य र प्रभाव भएको जाति, वर्ण, वंश वा राष्ट्रिय वा जातीय उत्पत्तिमा आधारित कुनै पनि भेदभाव बहिष्कार, प्रतिबन्ध वा प्राथमिकतालाई सम्झनु पर्छ” भन्ने कुरा पाइन्छ । यो सन्धिलाई नेपालले ३० जनवरी, १९७१ मा अनुमोदन गरिसकेको छ र यो अवधि आज ४० वर्ष भइसकेको छ ।
जब सन् १९२९ मा अन्तर्राष्ट्रिय कानुनी संस्थाले मानिसका अन्तर्राष्ट्रिय अधिकारहरुको घोषणा गरेपछि विभिन्न राष्ट्रहरुमा राष्ट्रिय संविधान बनाउन यसले जग बसाल्यो, साथै यसले धेरैजसो राष्ट्रहरुलाई आफ्नो राष्ट्रको मानवअधिकार प्राप्तिको चासो बढायो । विशेषतः मानवअधिकार संरक्षण सम्बन्धी कानुन दोस्रो विश्वयुद्धको अन्त्यपछि विकास भएको हो । यसले सभ्यताका चालचलनको न्युनतम मापदण्ड राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तय गर्न प्रेरित गर्ने र कानुनको सामाजिक मापदण्ड प्रतिबिम्बित गरी सामाजिक आचरणका समस्याहरुलाई परिवर्तन गर्ने सन्दर्भमा यो अगाडि बढाइयो । प्रथम विश्वयुद्धपछि मानवअधिकारका विषयमा थुप्रै सतर्कताहरु अपनाइएको भएता पनि दोस्रो विश्वयुद्ध नभई छोडेन र आजको द्वन्द्व भनेको पनि राज्य–वर्चस्वका लागि नभएर सभ्यता–वर्चस्वका लागि हो भनेर अल्बिन टोफलर भन्दछन् । संसार सभ्यताका आडमा तेस्रो विश्वयुद्धको तयारीमा जुटेको कुरा भविष्यवेत्ताहरुले बताउँदै आएका छन् ।
    अझै हामी नेपाली मानवअधिकार उपभोगको जटिल बिन्दुमा छौं । २०४६ सालको जनआन्दोलनभन्दा पहिला विशेषतः संविधानमा जातीय भेदभावलाई निरुत्साही बनाउने खालको संवैधानिक व्यवस्था भएको थिएन । कानुनका रुपमा मुलुकी ऐन–२०२० नाममात्रका रुपमा थियो । २०४६ सालको जनआन्दोलन पश्चात् मानवअधिकारका सवालमा उठ्ने छुवाछुतका आधारमा भेदभाव विरुद्धको अधिकारलाई संविधानमा व्यवस्था गरियो । जातीय भेदभावलाई संवैधानिक रुपमा दण्डनीय बनाइयो । तर व्यवहारमा उतारिएन । जातीय उत्पीडन यथावत् रहिरह्यो । विकृति र विसंगतिहरु रहिरहे । कुनै पनि बन्ने कानुन तथा नीति मानवअधिकार र जनताको सम्प्रभुसत्ता बीच सेतु बन्नु पर्छ, तर बनेन, जसको फाइदा नेकपा माओवादीले माओवादी सशस्त्र युद्धका नाममा उठायो । माओवादी लडाकुहरुमा शहादत प्राप्त गरेका मध्ये आधा दलित नै थिए भन्ने कुरा उनीहरु भन्दछन् । यो इतिहासको संयोग नमानेर कटु यथार्थका रुपमा लिनु पर्छ । यो दलितहरु जातीय उत्पीडनबाट मुक्त हुन चाहेको कठोर उदाहरण हो । मुक्तिका लागि शहीद हुन दलितहरु तयार छन् भन्ने कुराको सबुत प्रमाण हो । वर्तमान अन्तरिम संविधानमा जातीय भेदभाव विरुद्ध थुप्रै उत्साहजनक व्यवस्था गरिएको छ तर व्यवहार हेर्न बाँकी छ । व्यवहारको कसी आगामी बन्ने संविधान हुनेछ । समानुपातिक प्रतिनिधित्वका आधारमा प्रत्यक्षबाट निर्वाचित हुने २४० मध्ये केही दलितको प्रतिनिधित्व भयो, त्यो पनि विशेषतः माओवादी बाहेक अरुबाट उत्साहजनक जीत भएन । मनोनित हुने २६ जना मध्येबाट पनि प्रतिनिधित्वको प्रभावकारी आधार बनाइएन । प्रत्यक्ष निर्वाचनको २४० मा र मनोनित हुने २६ जनाका लागि कम्तीमा २० प्रतिशत विषेश व्यवस्थाको माग दलितहरुले गरिरहेका थिए । यो पनि मानवअधिकारभित्र नै पर्ने जायज कुरा मान्नु पर्ने हुन्छ । यसलाई राजनीतिक दलहरुले संबोधन गर्दै नेतृत्व दिन सकेनन् । झन् वि.सं. २०१२ सालदेखि प्रजातान्त्रिक समाजवादको जामा पहिरिएर आएको प्रगतिशील र पुरानो मानिएको नेपाली काँग्रेसले त २४० मा एक उमेदवार दियो, उनी पनि पराजित भए ।
शब्दमा विषेश अधिकार वा आरक्षण–संरक्षण जे भने पनि राजनीतिक, अर्थिक, सामाजिक, शैक्षिक र रोजगारीका क्षेत्रमा संविधानमा विषेश व्यवस्था हुनैपर्छ । स्वतन्त्र र निष्पक्ष न्यायालयबाट स्वच्छ न्याय पाउने अधिकारका लागि जातीय भेदभाव सम्बन्धी मुद्दा हेर्ने छुट्टै विषेश अदालतको व्यवस्था हुन जरुरी छ । दलित आयोग भए पनि निष्पक्ष र स्वतन्त्र यो आयोग छैन । त्यसैले आयोग उच्चस्तरीय संवैधानिक स्वरुपको हुन जरुरी छ, जसले गर्दा मानवअधिकारको संरक्षण हुन सकोस् । २०४६ सालपछिका प्रायः सबै वर्षहरु निराशाजनका नै रहेको यर्थाथता हामीमा छ । त्यसपछिको (२०६२÷०६३)े परिवर्तनले पनि खासरुपमा नेपाली दलितको अवस्थाको पहिचान गर्न सकेको छैन । मानवअधिकार बहाली हुन सकिरहेको छैन । मुलुकभर विभिन्न घटनाहरु घटिरहेका छन् । दलितमाथि विभिन्न अमानवीय दमनहरु भैरहेका छन् ।
परिवर्तनमा नयाँ कुरा समेटिन्छ । यस्ता परिवर्तनका उदाहरणीय घटनाहरु इतिहासमा छन् । सत्रौं शताब्दीमा भएका दुई प्रमुख क्रान्तिहरु – अंग्रेज क्रा¬¬न्ति (१६२८–१६५८) र गौरवमय क्रान्ति (१६८८–८९) को प्रत्यक्ष प्रभावबाट सन् १७७६ मा उत्तरी अमेरिकाका १३ वटा उपनिवेशहरुले संयुक्त रुपमा स्वतन्त्र भएको घोषणा गरेका थिए । थोमस जेफर्सनले तयार पारेको घोषणापत्रको प्रस्तावनामा लेखिएको थियो– “सबै मानिसहरु समान रुपले उत्पन्न भएका हुन्छन्, सृष्टिकर्ताले तिनीहरुलाई केही अहरणीय अधिकारहरु प्रदान गरेको हुन्छ र यी अधिकार अन्तर्गत जीवन, स्वतन्त्रता र सुखको खोजी पर्दछन् भन्ने कुरा स्वतःसिद्ध सत्य हो भन्ने हाम्रो धारणा छ ।” साथै प्रस्तावनामा लेखिएको थियो– “अधिकारको प्रत्याभूतिको लागि मानिसहरुले सरकारको स्थापना गर्दछन् र सरकारले शासितहरुको सहमतिका आधारमा न्यायोचित अधिकारहरु प्राप्त गर्दछ ।” त्यतिमात्र होइन प्रस्तावनामा थप स्पष्ट गरिएको थियो– “जब कुनै सरकार आफ्ना उपर्युक्त उद्देश्यहरु समाप्त गर्ने प्रकृतिको हुन्छ, तब जनतालाई त्यस्तो सरकारलाई परिवर्तन वा समाप्त गरी यस्तो नयाँ सरकारको स्थापना गर्ने अधिकार हुन्छ, जसले तिनीहरुको सुरक्षा र सुखको अधिकतम प्रत्याभूति गर्न सक्छ ।”
यो प्रसंग किन उठाइएको हो भने नेपाली दलितहरुले मानवअधिकारको पुनर्बहालीका लागि वर्षौंदेखि गाँजिएर आएको उच्च जातीय अहङ्कारवादको आफूमाथि लादिएको उपनिवेशबाट मुक्त भएको घोषणा छिट्टै गर्नु पर्छ र गर्न चाहन्छन् ।
यसका लागि सम्पूर्ण नेपाली दलित बलिदानी संघर्षका लागि तयार हुनुपर्छ, दलितहरु मानवीय अधिकारका लागि संघर्ष गर्न तयार हुनुपर्छ । दलितहरुको प्राप्त हुनु बाहेक गुम्नेवाला केही छैन । यस्तो क्रान्तिलाई सामाजिक क्रान्ति भन्न मिल्नेछ ।


राज्यको पुनर्संरचनामा दलित र महिला


यतिखेर मुलुक इतिहासको गम्भीर परिवर्तनको मोडमा उभिएको छ । जनआन्दोलन–२ ले दिएको जनआदेशलाई शान्ति र प्रजातन्त्रको स्थायित्वका पक्षमा संस्थागत गर्ने जिम्मा नेपाली जनताले पाएका छन् । त्यो संस्थागत गर्ने कार्य संविधानसभा मार्फत पूरा हुने आशा राखिएको छ । निश्चय पनि राज्यको पुनर्संरचनामा जटिलता रहेका छन् । किनभने नेपाली समाजको प्रभुत्व अझै पनि सामन्ती सोच र चिन्तनबाट निर्देशित छ भन्ने कुरामा द्विविधा छैन । यतिबेला नेकपा माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेको छ, यद्यपि उनीहरुले राजनीतिक इमान्दारिता देखाएका छैनन् भन्ने उनीहरुलाई आरोप छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारणले माओवादीले तत्काल राज्यसत्ता कब्जा गर्न सक्ने स्थिति थिएन र राज्य पनि माओवादीलाई सैन्यबलद्वारा समाप्त गर्न सक्ने अवस्थामा थिएन । यस्तो स्थितिमा माओवादी विद्रोहको सैन्य समाधान नभएर राजनैतिक निकास मात्रै एउटा बाटो थियो र त्यसैकारणले शान्ति र प्रजातन्त्रको स्थायित्वका लागि एउटा राष्ट्रिय सहमति बन्ने परिस्थति बनेको हो । यो राष्ट्रिय सहमतिले संविधानसभाको निर्वाचनलाई आत्मसात गरिसकेको छ । र, संविधानसभाको निर्वाचन पनि सम्पन्न भैसकेको अवस्था छ ।
जनआन्दोलन–१ पश्चात् प्राप्त प्रजातन्त्रलाई तत्कालीन सक्रिय दलहरुले संस्थागत बनाउन नसकेकै हो । त्यतिबेलाका विसंगतिहरुले प्रजातन्त्रको मर्मलाई क्षति पु¥याएको निश्चय पनि हो । सत्ता र नेतृत्वमा रहेका व्यक्तिहरुका अदूरदर्शीताको कारण प्रजातन्त्रमाथि आँच आएकै हो । त्यतिबेला थुप्रै राजनीतिक विकृति र विसंगतिहरु देखिएकै हुन् । मुख्यतः त्यतिबेला दलित तथा महिलाको राजनीतिक सहभागितामा ख्याल पु¥याइएको होइन । त्यसको ज्वलन्त उदाहरण यहाँ दिइएको तालिकाबाट स्पष्ट हुन्छ । अब मुलुकले यो अकर्मण्य राजनीतिक स्थितिबाट मुक्ति चाहन्छ । जनताहरु राजनीतिक परिवर्तन चाहन्छन्, लोकतन्त्र चाहन्छन् । जनता त्यस्तो लोकतन्त्र चाहन्छन्, जहाँ उनीहरु लोकतन्त्र सञ्चालन गर्ने राज्यसत्ताका स्वामी तथा मालिक हुन सक्दछन् । राज्यसत्तामा सबै वर्ग र समुदायहरु समान स्वतन्त्रता उपभोग गर्दै र विनाभेदभाव साझेदार हुन सक्दछन् । यसैका लागि राज्यको पुनर्संरचना चाहिएको हो र यसका लागि अहिले राज्य तयार हुँदैछ, जुन एउटा सुखद् पक्षको लक्षण मान्नु पर्छ ।
दलित र महिलाका लागि राज्य पुनर्संरचनाको अनिवार्य पहिलो शर्त भनेको पूर्ण समानुपातिक प्रतिनिधित्वका आधारमा सहभागिता हुनु हो । सिङ्गो राज्यलाई नै एक निर्वाचन क्षेत्र बनाएर पहिलो हुने सिद्धान्त अनुरुप सूचीकृत गरेर सहभागिता प्राप्त हुने अवधारणालाई अवलम्बन गर्न सकिन्छ । आरक्षण भनेको समानुपातिक प्रतिनिधित्वको व्यवस्था नहुने अवस्थामा मात्र लागू गरिने प्रक्रिया हो । यसले सम्पूर्ण समानताको अवधारणलाई पूर्ति गर्न सक्दैन । यसमा असमानताको छिद्र रहिरहन्छ । तर हाम्रो जस्तो देशमा आरक्षण प्रतिनिधित्वको असल अवधारणा बन्न सक्छ भन्ने विश्वास गर्न सकिन्छ । यसैले अहिले महिलालाई तेत्तीस प्रतिशत आरक्षण गर्न सकिने अवधारणा आएको छ । रोजगारका क्षेत्रमा दलित, जनजाति र महिलालाई पैंतालीस प्रतिशत आरक्षण गर्ने चर्चा पनि चलेको छ । हुनत यसको स्पष्ट धारणा आएको छैन । २०४७ सालको संविधानमा पनि महिलाहरुका लागि पाँच प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो तर यसबाट महिलाहरुले उचित प्रतिनिधित्व पाउन सकेनन्, किनकि यसको स्पष्ट धारणा थिएन । आरक्षणले हुनेखानेलाई नै प्रश्रय दियो भने यसले विकृति ल्याउँछ । यसको प्राथमिता भनेको पनि वर्गीयताका आधारमा निर्धारण गरिनु पर्छ । जस्तोकि महिलाहरुमा पनि पिछडिएको महिला दलित महिला हुनसक्छ र पहिलो प्राथमिकता दलित महिलाले पाउनु पर्छ भन्ने कुरा अस्वभाविक मान्न मिल्दैन ।

दलित र संघीयता Dalit and Federalism

संघीय गणतन्त्रलाई हामीले स्वीकार गरिसकेका छौं तर दलितका लागि के संघीय गणतन्त्र उचित व्यवस्था बन्न सक्छ ? सक्दैन, किनभने नेपालका दलितहरु देशैभरि छरिएर रहेको अवस्थामा छन् । अछुत हुनु बाहेक दलितको आफ्नो विशेष पहिचान छैन । यसकारण दलितलाई विषेशाधिकार दिएर दलित जनसंख्याका आधारमा राज्यलाई नै सिङ्गो एउटा गण मानेर सहभागितामा पूर्ण समानुपतिक व्यवस्था अपनाउन सकिन्छ । यद्यपि राज्यलाई प्रदेशका रुपमा कोशी प्रदेश, गण्डक प्रदेश, कर्णाली प्रदेश आदि नाम दिएर संघीय गणतन्त्रमा विभाजन गर्न सकिन्छ । यदि जातीय आधारमा संघ बनाउने हो भने जनसंख्याको आठौं र बाह्रौं स्थानमा नेपालका कामी र दमाई छन्, आम दलितको स्थान त तेस्रो छ भने तिनका लागि कुन प्रदेश बनाउने ? नेवा राज्य बन्न सक्छ भने नेवारको भन्दा बढी जनसंख्या भएको दलित समुदाय मध्ये एउटा कामीको गणराज्य हुने कि नहुने ? यो न्यायोचित बहसका लागि आँखा खोल्न छोडिदिउँ । जे होस्, नेपाली दलितका लागि न्यायपूूर्ण व्यवस्था हुन जरुरी छ ।
    नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो तर यसले दलितलाई खासै फरक पारेन, किनभने दलित सबै भाषा र धर्मबाट शोषित छ । तामाङको बाहुल्यता भएको ठाउँमा तमाङकै भाषा र धर्मबाट प्रभावित छ, गुरुङकोमा गुरुङकै, शेर्पाकोमा शेर्पाकै, राईकोमा राईकै, बाहुन–क्षेत्रीकोमा बाहुन क्षेत्रीकै । तराईका दलितहरुले दशैंभन्दा छठ नै धुमधामका साथ मनाउँछन् । देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरियो, यो सकारात्मक पक्ष हो, तर यो व्यवहारमा उत्रन सकिरहेको छैन । यसलाई व्यवहारमा उतार्नु पर्छ । यसलाई व्यवहारमा उतार्न अब बन्ने संविधानमा विषेश व्यवस्था हुनु पर्छ । त्यही बहसमा आज हामी जुटिरहेका छौं । आरक्षण भन्ने शब्द सुन्नै नचाहनेले आरक्षणलाई संरक्षण भन्ने बुझे हुन्छ । संरक्षण भन्ने शब्द सुन्नै नचाहनेले संरक्षणलाई कोटा प्रणाली भन्ने बुझे हुन्छ । कोटा प्रणाली भन्ने शब्द सुन्नै नचाहनेले कोटा प्रणालीलाई समानुपातिक प्रणालीको समावेशी सिद्घान्त भन्ने बुझे हुन्छ । समानुपातिक प्रणालीको समावेशी सिद्घान्त भन्ने शब्द पनि सुन्न नचाहनेले चुक्ता गर्नु पर्ने विषेशाधिकार भन्ने बुझे हुन्छ । राष्ट्र र समाजले विधिवत गरेको गल्तीको चुक्ता हुनै पर्छ । तर अहिलेसम्मको बुझाइले के भन्छ भने नेपाली दलित कृपा–शक्तिका कृपापात्र मात्र बनिरहेका छन्, अधिकार पाएका छैनन् । अधिकार र गल्तीको चुक्ता अब बन्ने संविधानमा सुरक्षित हुनुपर्छ ।

)))

   
   

समानुपातिक प्रतिनिधित्व
९एचयउयचतष्यलब िच्भउचभकभलतबतष्यल०

    समानुपातिक प्रतिनिधित्व भनेको यस्तो निर्वाचन पद्धति हो, जसमा कुनै समुदायको उम्मेदवारले पाएको भोट (मत) र उसले व्यवस्थापिकामा पाउने सिट प्रतिशतमा निकै सामिप्यता हुन्छ । यो बहु–भोटप्रणालीसँग सधैं दाँजिन्छ, जहाँ मतदातालाई धेरै निर्वाचक जिल्लाहरुमा बाँडेर समानुपातिक सिट–वितरण निस्कन्छ ।
नेपालको संविधानसभा निर्वाचनका लागि समानुपातिकको सिद्धान्त शुरुमा नेपाली काँग्रेसलाई किमार्थ स्वीकार भएको थिएन । पछि विशेषतः माओवादीको दबाबका कारण मिश्रित निर्वाचन प्रणालीमा सहमत भयो, र यसैकारण नेपाली काँग्रेसको संविधानमा सदस्यताका लागि प्रतिनिधि संख्याको इज्जत जोगियो । नेपाली काँग्रेस सामाजिक परिवर्तनको पक्षका लागि गम्भीर नहुनु र बोल्दै आएको समाजवादप्रति जिम्मेवार नहुनुले खासगरी नेपालमा आर्थिक र सामाजिक रुपले पिछडिएको वर्ग नेपाली काँग्रेसप्रति केहीमात्रमा निरास र टाढा छ । अझ नेपाली काँग्रेसको सशस्त्र युद्ध र भूमिगत कालमा होमिएका दलितहरुको आज सम्मान हुन नसक्दा र उनीहरुको जीवनको अन्त्य अत्यन्त दुखदायी भएको हुँदा नेपाली काँग्रेसलाई नेपाली दलितले पनि सकारात्मक रुपमा हेर्न सकिरहेको अवस्था छैन । नेपाली काँग्रेसका महामन्त्री बनिसकेका धनमानसिं परियार, योद्धा रत्नबहादुर बिश्वकर्मा र दलसिं कामीको जीवनको अन्त्य कसरी भयो धेरैलाई थाहा हुनुपर्छ । प्रचण्डले रुपलाल बिश्वकर्माबाट कम्युनिष्टको पहिलो सदस्यता लिएको हो भनेर गर्व गरिन्छ तर महाराजगञ्ज टिचिङ अस्पतालमा रुपलाल बिश्वकर्माको मृत्यु हुँदा लास उठाउन त्यहीं गएका मलामीबाट चन्दा उठाउनु परेको दुखद् परिस्थिति पनि हाम्रा सामु छ । जस्तोसुकै राजनीतिक परिवर्तन भए पनि त्यसको नेतृत्व संभ्रान्त वर्गकै हातमा छ भने कुरा स्पष्ट रहेको छ । यदि राज्यको संघीय संरचना भयो भने झन् नेपाली दलित संभ्रान्त वर्गकै खल्तीका भटमास हुनेछन् । संघीयताले नेपाली दलितलाई कुनै पनि पक्षबाट फाइदा पु¥याउने अवस्था छैन, किनभने नेपाली दलित भनेको देशैभरि छरपस्ट रहेको वर्ग हो । कतै पनि एकल पहुँच छैन । यसकारण नेपाली दलितलाई पूर्ण समानुपातिक प्रतिनिधित्व बाहेक अर्को विकल्प छैन । जुन दलले यो कुराको प्रतिनिधित्व गर्नेछ उसैको पक्षमा नेपाली दलित हुने अवस्था छ ।
    समानुपातिक प्रतिनिधित्वका विभिन्न स्वरुप छन्, जस्तै– पार्टी सूचित समानुपातिक प्रतिनिधित्व, जहाँ माथि उल्लेख गरिएको समूहले प्रत्यक्षरुपले राजनीतिक पार्टीहरुले दिए जस्तै गरी उम्मेदवार सूचीसँग सम्बन्ध राख्छ । यही स्वरुपभित्र पनि मतदाताले पार्टी सूची (खुल्ला सूची वा बन्द सूची) भित्रको उम्मेदवारको चुनावमा प्रभाव पार्न सक्छ वा सक्दैन भन्ने आधारमा अझ फरक भिन्नता देखाउन सकिन्छ । समानुपातिक प्रतिनिधित्वमा समेटिएको अर्काे किसिमको निर्वाचन पद्धति एकल संक्रमणीय मत हो । यो एकल संक्रमणीय मत राजनीतिक पार्टीको अस्तित्वसँग भर पर्दैन (र माथि उल्लिखित “समूहको पद्धति” पूर्णरुपले मतदातालाई सुम्पिन्छ) । अष्ट्रेलियामा एभोव र लाइन भोटिङको अवलम्बन गरिएको छ । यसमा पंजीकृत राजनीतिक पार्टीहरुलाई मतदाता सहित मतदान पत्रमा समूह बनाइन्छ । मतदातालाई सामूहिक मतदान (अर्धखुल्ला सूची÷व्यक्तिगत उम्मेदवार पद्धति) रोज्न दिइन्छ ।
    निर्वाचकीय पद्धति पनि विभिन्न छन् । जस्तै– एकल संक्रमणीय मत ९कष्लनभि तचबलकाभचबदभि खयतभ० र बहुल मत ९अगmगबितष्खभ खयतष्लन०, यिनीहरु सबै फरक स्वरुपका समानुपातिक प्रतिनिधित्व हुन् ।

(१) मिश्रित निर्वाचन पद्धति
९ःष्ह भ्भिअतष्यल क्थकतझ०

    मिश्रित निर्वाचन पद्धति भन्नाले समानुपातिक प्रणाली र एक निर्वाचन क्षेत्रमा एकमात्र सिट प्रणालीको मिश्रण बुझिन्छ । यो पद्धतिले यी दुवै प्रणालीको फाइदा लिन खोज्छ । यस्तो मिश्रित निर्वाचन पद्धति स्थानीय वा राष्ट्रिय चुनावमा समानुपातिक प्रतिनिधित्वलाई जोड दिंदै चुनावको संयन्त्र सन्तुलित बनाउन आवश्यक पर्दछ । अन्य उदाहरणहरु– भौगोलिक, सामाजिक, सांस्कृतिक वा आर्थिक कुराका आधारमा विषम मतदाता भएको राष्ट्र पर्दछ । जस्तै– ६०१ सदस्यीय संविधानसभामा २४० सदस्यहरु प्रतिनिधि हामीले विगतमा अभ्यास गरेजस्तै निर्वाचन क्षेत्रमा पहिलो हुनेबाट प्रत्यक्ष रुपमा निर्वाचित भए र ३३५ सदस्यहरु दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित भएका थिए र यो प्रणाली उपयुक्त उदाहरण हुनसक्छ । यस संविधान सभामा बाँकी २६ जना मनोनित भएका थिए, तर यस्तो मनोनयन सही प्रक्रिया होइन, यसबाट हैसियत र पहुँच राख्ने वर्गहरु मात्र पोसिए ।



(२) मिलिजुली सरकार   
९ऋयबष्तिष्यल न्यखभचलmभलत०

    देशमा थुप्रै राजनीतिक पार्टीहरु हुन्छन् र एउटा मात्र पार्टीलाई मत र सिटको बाहुल्यता पाउन दिंदैनन् । मिलिजुली सरकार प्रायः दुई वा दुईभन्दा बढी पार्टीहरुको आपसी सहकार्यमा आधारित हुन्छ । विरलै अवस्थामा अल्पमतको सरकार बन्छ, जहाँ व्यवस्थापिकामा सरकारका आधाभन्दा कम सिटहरु हुन्छन् । तर बहुमतले जहिलेसम्म उसका कार्यहरु स्वीकार्छ त्यति समयसम्म मात्र सरकार चलाउन सक्छ । उदाहरणको लागि न्यूजिल्याण्डमा यस्तो विशेष प्रणाली छ, जहाँ विशेषगरी दुई ठूला पार्टीहरु कुनै विकल्प नराखी अन्य थुप्रै साना पार्टीहरु सहित सरकार गठन गर्छन् । त्यस्तै स्केन्डिनाभियन राष्ट्रहरुमा पनि विशेष प्रणाली छ, यहाँ पनि धेरै पार्टी हुन्छन् तर पनि दुई वटा मात्र पार्टीले सरकार बनाउँछन् । मिलिजुली सरकार सधैं सम्पूर्ण योग्य मतदाताहरुको प्रत्यक्ष सहयोग र समर्थनमा आधारित हुन्छ । जबकि जिल्लाको चुनावले चाहिं योग्य मतदाताहरुको चौथो÷पाँचौंले समर्थन गर्ने सरकार बनाउन चाहन्छ । जस्तो कि संयुक्त राज्य अमेरिकाको संघीय चुनाव आयोगको आधारमा सम्पूर्ण योग्य मतदाताहरुको १७% को प्रत्यक्ष समर्थनमा रिपब्लिकन पार्टीले संयुक्त राज्य अमेरिकाको सिनेटको नेतृत्व गरेको छ ।

(३)    इतिहास

    समानुपातिक प्रतिनिधित्व प्रणालीको कल्पना सर्वप्रथम उन्नाइसांै शताब्दीको अन्त्यतिर बेल्जियमका भिक्टर डिहोन्टले गरेका थिए । काल्पनिक समाजवादी भिक्टरले यो प्रणालीलाई सन् १८९१ मा पुस्तकमार्फत प्रस्तुत गरे । स्वीस प्रान्तपछि राष्ट्रिय संसद्मा समानुपातिक प्रतिनिधित्वको अवलम्बन बेल्जियमले सर्वप्रथम सन् १९०० को चुनावमा गरेको थियो । यस्तै प्रणालीको प्रयोग विश्वयुद्धताका र त्यसपछि पनि गरियो । एकल संक्रमणीय मत प्रणालीको सन् १८५७ मा डेनमार्कले प्रथम प्रयोग ग¥यो । यसले समानुपातिक प्रतिनिधित्वमा एकल संक्रमणीय मतलाई पुरानो मान्यो । तर यो प्रणाली कहिल्यै फैलिएन, प्रसार भएन । एकल संक्रमणीय मत बेलायतमा स्वतन्त्र र आकस्मिक ढंगले पुनः आविष्कार भयो । तर बेलायती संसद्ले यसलाई स्वीकारेन । यद्यपि यो प्रणाली १९०७ मा प्रयोग भएर फैलियो ।
समानुपातिक प्रतिनिधित्व बहुलमत प्रणालीभन्दा निकै साधारण र प्रचलित मत प्रणाली हो । युरोपेली संसद्का सम्पूर्ण सदस्यहरु (निर्वाचन क्षेत्रबाट चुनिएका समेत) समानुपातिक प्रतिनिधित्वबाटै चुनिएका हुन् । धेरै युरोपेली राष्ट्रहरुमा यसको प्रयोग भएको पाइन्छ ।
    फस्र्ट–पास–द–पोष्ट ९ँष्चकत(एबकक(त्जभ(एयकत० चाहिं बेलायती संसदीय प्रणालीमा आधारित राष्ट्रहरुमा प्रचलित छ । बेलायतको स्कटिस संसद् र वेल्स राष्ट्रिय सभाका सदस्य चुन्नका लागि समानुपातिक प्रतिनिधित्वको एक रुप मिश्रित सदस्य प्रणाली वेष्ट मिनिस्टर चुनावमा प्रयोग हुन्छ । कुनै समयसम्म थाहै नभएको समानुपातिक प्रतिनिधित्वले अहिले क्यानडाका पाँच प्रान्तहरु (ब्रिटिश कोलम्बिया, ओन्टारियो, क्यूबेक, प्रिन्स एड्वार्ड र न्यू बु्रन्सविक) मा निकै लोकप्रियता पाउँदैछ । तर फस्र्ट–पास–द–पोष्ट लाई हटाउने कि भन्ने विवाद भयो र संघीय तहमा संसदीय समितिले २००५ मा यस विषयको अन्वेषण ग¥यो । राजनीतिक विश्लेषकहरु के आंैल्याउँछन् भने अहिलेको घटनाको प्रवृति र परिणाम न्यूजिल्याण्डमा भएजस्तै छ । र, विश्लेषकहरु के निचोड निकाल्छन् भने न्यूजिल्याण्डले मिश्रित सदस्य समानुपातिक प्रतिनिधित्व रोजेपछि क्यानडा पनि त्यही स्थितितिर धकेलिंदै छ ।
    अमेरिकामा पनि समानुपातिक प्रतिनिधित्वको केही इतिहास छ । चुनावी कार्यालयमा डेमोक्रेटिक पार्टीको एकाधिकार टुक्र्याउन न्यूयोर्क लगायत थुप्रै शहरहरुले तिनीहरुको शहर परिषद्मा यसको प्रयोग गरे । ओहियोको सिस्सिनाटीमा रिपब्लिकन पार्टी संयन्त्रबाट मुक्ति पाउन १९२५ मा समानुपातिक प्रतिनिधित्वको अवलम्बन गरियो तर १९२७ मा रिपब्लिकनले यसलाई सजिलै उल्टाइदियो । समानुपातिक प्रतिनिधित्वको मद्दतले सीमान्तकृत सामाजिक, राजनीतिक र जातीय अल्पसंख्यकहरु कार्यालयमा चुनिन्थे र यही तथ्य व्यङ्ग्यात्मक पाराले समानुपातिक प्रतिनिधित्वको मुख्य विरोधी विचार थियो –अवाञ्छनीयहरुले निर्वाचक राजनीतिमा आफ्नो प्रभुत्व बढाउँदै थिए । धेरै प्रदेशले समानुपातिक प्रनितिधित्वको प्रयोग धेरै नगरे पनि यो प्रणाली क्याम्ब्रिज, म्यासाचुसेटस् र पिवरिया, इलोनोइस आदिमा अझै प्रचलनमा छ । सन्फ्रान्सिस्कोमा समानुपातिक चुनाव थिएन तर यहाँ शहरभरि चुनाव हुन्थ्यो, जहाँ मानिसहरुले पाँच छ जना उम्मेदवारलाई एकैचोटि भोट हाल्थे र समानुपातिक प्रतिनिधित्वको सबै नभए पनि केही फाइदा लिन्थे । सन्फ्रान्सिस्को र रोटरड्याम बीचको तुलनाले जिल्ला चुनावमा स्वतन्त्रता र पहुँचको कसरी संरक्षण गरियो भन्ने देखाउँछ । केही निर्वाचन पद्धतिले लिङ्ग र अल्पसंख्यकको आधारमा अझ बृहत् प्रतिनिधित्व वा सहभागिताको प्रत्याभूति दिन थप विशेषताहरु समेटेका हुन्छन् । ख्याल गर्नुस्, यसखालका विशेषताहरु समानुपातिक प्रतिनिधित्वको मुख्य अंश होइनन् । कस्तो किसिमको समानुपातिक प्रतिनिधित्व प्रयोगमा छ, त्यसको आधारमा मानिसहरु पहिले नै समानुपातिकरुपले यस्ता अतिरिक्त नियमहरुबिना नै यी दायराले चुनिन लालायित हुन्छन् ।
    आयरल्याण्डमा समानुपातिक प्रतिनिधित्वले अनौठो परिणाम ल्याएको छ, जहाँ फियनाफेलको ठूलो समर्थनमा सेन्टर राइट पार्टीको ४५–५०% भोट छ तर विरोधी पार्टीहरु– सेन्टर राइट फाइन गायल र सेन्टर लेफ्ट लेबर पार्टी तुलनात्मक रुपले कमजोर छन्, किनकि उनीहरु फियनाफेलको विरुद्धमा छन् । त्यसकारण जब मानिसहरुले फियनाफेलको कडा विकल्प चाहन्छन्, उनीहरु यसले कस्तो रुप लिनुपर्छ भन्नेमा मत भिन्न हुन्छन् । यसले गर्दा श्रृंखलावद्ध मिलिजुली सरकार नै सत्तामा गएका छन् र यिनीहरु या त लेबर सहित फियनाफेल गएका छन् वा हालसाल फियनाफेल र राइट विङ प्रगतिशील प्रजातन्त्रवादी वा लेबर सहित फाइन गायल गएका छन् । विद्रोही पार्टीको अभावले आयरल्याण्डमा १९२१ मा राज्यको जन्म भएदेखि सेन्टर राइट नेतृत्वको सरकार हावी भएको छ । यो समानुपातिक प्रतिनिधित्व हुँदाहुँदै पनि भइरहेको छ । सन् १९३२ देखि फियनाफेल एकमात्र पार्टी हो, जसले एक्लै आइरिस रिपब्लिकमा सरकार बनाएको छ ।


समानुपातिक प्रतिनिधित्वको तरिका

    समानुपातिक प्रतिनिधित्वका विभिन्न तरिका र विधिहरु छन्, जसले या त समानुपातिकता फाइदा धेरै हदसम्म प्राप्त गर्छन् अथवा सीमित प्रतिफल नै ।


बहु–सदस्यीय निर्वाचन क्षेत्रमा पार्टी सूची व्यवस्था

    हरेक पार्टीले आफ्नो प्राथमिकताको निर्णयको आधारमा उम्मेदवारको सूची तयार गर्छ । बन्द सूची ९अयिकभम ष्कित० मा मतदाताले उम्मेदवारको ठूलोदेखि सानो गरी भोटको समानुपातको आधारमा हरेक पार्टीलाई सिट दिइन्छ । खुल्ला सूची ९यउभल ष्कित० मा नमूनाका आधारमा मतदाताले कुनै एक वा दुई जनालाई भोट दिन्छन् वा सूची भित्रकालाई प्राथमिकताको आधारमा चिनो लगाउँछन् ।
    यो व्यवस्था इजरायलमा (जहाँ पूरै देश बन्दसूची चुनावी क्षेत्रमा पर्छ), नेदरल्याण्डमा (खुल्ला सूची), बेलायतमा युरोपेली संसद्को चुनावका लागि (बन्द सूची) र फिनल्याण्डमा खुल्ला सूची र बहुसदस्यीय जिल्ला प्रयोग गरिन्छ ।


अतिरिक्त सदस्य व्यवस्था, मिश्रित सदस्य व्यवस्था

    यो व्यवस्था वा यसका विभिन्न किसिमहरु जर्मनी, न्यूजिल्याण्ड, स्कटिस संसद् र वेल्स एसेम्ब्लीमा प्रयोग हुन्छ । इटालीले यसलाई उप–व्यवस्थामा परिवर्तन गरेको छ ।


बहुसदस्यीय निर्वाचन क्षेत्रमा एकल संक्रमणीय मत

    समानुपातिक प्रतिनिधित्वको यो विधिले चुनावको परिणाम निर्णय गर्न सहुलियत र प्राथमिकताको पद्धति प्रयोग गर्छ ।
    एउटा निर्वाचन क्षेत्रले हरेक निर्वाचक–मण्डलका लागि दुई वा सोभन्दा बढी प्रतिनिधिहरु चुन्छ । परिणामस्वरुप, निर्वाचन क्षेत्र समानुपातिक रुपले एकल सदस्यीय निर्वाचन क्षेत्रभन्दा ठूलो हुन्छ । आफूले जतिसम्म जित्न सकिन्छ सोहीअनुसार पार्टीले उम्मेदवार उठाउँछन् । प्रमुख पार्टीहरुले भएका सम्पूर्ण सिटहरुमा उम्मेदवार उठाउँछन्् भने साना र स्वतन्त्र पार्टीले थोरै । मतदाताहरुले मतपत्रमा आफ्नो चाहनाअनुरुप वा सबै उम्मेदवारलाई चिह्न लगाउँछन् । एक सफल उम्मेदवारले एउटा यस्तो कोटा पाउनै पर्छ, जहाँ पाएको सम्पूर्ण मत, चुनिने उम्मेदवारहरुको संख्याले भाग गरी एक थप हुन्छ, जस्तै नौ सदस्यीय निर्वाचन क्षेत्रको कोटा चाहिं १०% भाग गर्ने भोट संख्या हुन्छ – १०% (९+१) । पहिलो गणनामा निकै थोरै अवस्थामा मात्र यो प्राप्त हुन्छ । दोश्रो गणनाका लागि, यदि उम्मेदवारले अतिरिक्त अंश सहित (कोटा धेरै हुँदा) चुनाव जित्छ भने ऊ उसका मतदाताकै दोश्रो छनोटका लागि अघि बढ्छ । नत्रभने अति न्यून भोट पाएको उम्मेदवार हट्छ र दोश्रो प्राथमिकताको आधारमा बाँडिएका भोटहरु उनीहरुलाई देखाइन्छ । यो प्रक्रिया सिट पूरा नहुन्जेल जति पटकसम्म पनि चलिरहन्छ । गणनाको प्रक्रिया जटिल भए पनि मतदानचाहिं स्पष्ट हुन्छ र धेरै मतदाताले आफूले चाहेको एउटा न एउटा चाहिं चुनिन्छ । केही राजनीतिक वैज्ञानिकहरु के तर्क गर्छन् भने एकल संक्रमणीय मत “अर्धसमानुपातिक” को रुपमा अझ राम्ररी वर्गीकृत छ, किनकि राष्ट्रिय तहमा समानुपातिक परिणामको कुनै प्रत्याभूति हँुदैन । वास्तवमा, एकल संक्रमणीय मतका थुप्रै समर्थनकारीहरुले राष्ट्रिय स्तरमा समानुपातिकता रोक्नु नै व्यवस्थाको एक मुख्य उद्देश्य हो भन्छन् र यसले धेरै फुटेको व्यवस्थापिकाको खतरालाई हटाउँछ पनि भन्छन् । यो व्यवस्था अष्ट्रेलिया, गणतन्त्र आयरल्याण्ड, उत्तरी आयरल्याण्ड र माल्टामा प्रचलित छ ।


आंशिक समानुपातिकता

इजरायल र नेदरल्याण्ड जस्ता केही राष्ट्रहरुमा समानुपातिक चुनावका लागि राष्ट्रभरि एउटा मात्र निर्वाचक जिल्ला छ । त्यसपछि पूरै परिणामको आधारमा भागबण्डा लगाइन्छ । प्रायः देशहरुमा जिल्ला व्यवस्था छ, जहाँ हरेक जिल्लामा एकभन्दा बढी व्यक्ति चुनिन्छन् । यो व्यवस्थाको निर्वाचन क्षेत्रको मूल्याङ्कन प्राप्त गरेको सिटको आधारमा हुन्छ । यसले निर्वाचन पद्धति कत्तिको समानुपातिक हुन्छ भन्ने कुरामा महङ्खवपूर्ण भूमिका खेल्छ । निर्वाचन क्षेत्रमा जति धेरै मत प्राप्त हुन्छ त्यति नै प्रतिफल समानुपातिक हुन्छ । बहुमतवादीहरुले नै समानुपातिक प्रतिनिधित्वलाई एकल सदस्यीय जिल्लामा प्रयोग गर्छन् । यदि बहुसदस्यीय जिल्लामा समानुपातिक प्रतिनिधित्व सूची प्रयोग गरी प्रान्तीय निर्वाचन क्षेत्र भएमा जित्ने उम्मेदवारलाई साधारणतया बहुलता ९उगिचबष्तिथ० आवश्यक पर्छ, नत्र भने साधारण वा सापेक्षिक बहुमत हुन्छ, त्यसैले एक सदस्यीय जिल्लाको चुनाव फस्र्ट–पास–द–पोष्ट द्वारा हुन्छ । यदि प्रान्तीय चुनाव–क्षेत्रमा समानुपातिक प्रतिनिधित्व एकल संक्रमणीय मतको प्रयोग बहु–सदस्यीय जिल्लामा हुन्छ भने जितको लागि आवश्यक पर्ने ५०%+१ को पूर्ण बहुमत न्यूनतम हुने सम्भावना हुन्छ, जसले गर्दा एक सदस्यीय जिल्लाको चुनाव वैकल्पिक मतद्वारा हुन्छ । हरेक जिल्लाबाट चुनिएका चार जना कर्मचारीले एक सिट प्राप्त गर्न २०% (१÷m+१) को ढोका खोल्छ । तर पनि समग्र समानुपातिकता घटाउनका लागि चुनाव क्षेत्रको सीमा एउटाको पक्षमा तयार हुनसक्छ । यसको प्राप्ति “बहुमत अल्पमत” निर्वाचन क्षेत्रको निर्माण गरेर हुन्छ । यस्ता निर्वाचन क्षेत्रमा अल्पमतको उच्चतहमा रहेका मतदाताको समूहले बहुमत तयार गर्छ । समानुपातिक प्रतिनिधित्व, जहाँ राष्ट्रभरि एकमात्र मण्डल चुनिन्छ, त्यहाँ चुनाव सम्बन्धी धाँधली हुन पाउँदैन ।
    बहुसदस्यीय जिल्लाले चुनाव समानुपातिक हुने कुराको प्रत्याभूति दिंदैन । ब्लक भोट ९दयियप खयतभ० “उच्च बहुमतवादी” को रुपमा परिणत हुनसक्छ, जहाँ भौगोलिक विविधताले बहुमत–अल्पमत जिल्ला सिर्जना गर्न सक्छन् र तिनीहरु ठूला जिल्लामा गाभिन्छन् । सिद्धान्तमा पनि एक पार्टी, जसले आफूले जितेका सिटहरु पूरा गर्न प्रशस्त मानिसहरुको सूची दिंदैन, त्यसलाई खाली सिटहरु दिन सकिन्छ, यसलाई अण्डरह्याङ ९गलमभचजबलन० भनिन्छ ।
    पूर्णरुपले समानुपातिक प्रतिनिधित्व भएका अर्थात् जर्मनको जस्तो अतिरिक्त सदस्य व्यवस्था भएका केही देशहरुलाई चुनाव प्रवेशद्वार प्राप्त गर्न पार्टी लिष्टको आवश्यकता पर्छ । यो चुनाव प्रवेशद्वार सिट प्राप्त गर्न चाहने निश्चित भोटकै न्यूनतम प्रतिशत हो । सिद्धान्ततः यो तल्लो बिन्दु सम्पूर्ण खसेको मतको दुईदेखि पाँच प्रतिशतको बीचमा राखिन्छ । त्यो हदभित्र नपर्ने पार्टीहरुले बहुमत, मिलिजुली कुनै पनि प्रकारले संसद्मा प्रतिनिधित्व गर्दैनन् । चुनाव प्रवेशद्वार ९भभिअतष्यल तजचभकजजयमि० को प्रस्तावकहरु के तर्क गर्छन् भने ती पार्टीहरुले अधिकतम फुट अनि असमानुपातिक शक्ति र सत्तालाई दुरुत्साहित गर्छन् । अथवा चरम पार्टीको रुपमा देखा पर्छन् । त्यसैगरी चुनाव प्रदेशमार्गका विरोधीहरु चाहिं तिनीहरुले अल्पमतका पार्टीहरुबाट अन्यायपूर्ण समर्थनको पुननिर्देशन गर्छन् । यसो हँुदा जुन पार्टीले चुनाव प्रवेश मार्ग नाजायज तरिकाले धेरै प्रतिशत ल्याएर पार गरेका हुन्छन् । तिनीहरुले बहुमत नपाइकनै विधायिका हातमा पार्छन् ।


केन्द्रीकृत समानुपातिक र बहुदलीय व्यवस्था

समानुपातिक प्रतिनिधित्वमा आधारित चुनाव प्रणालीले बहुदलको परिणाम निकाल्छ र यसले सरकार बनाउने मिलिजुली प्रयास गर्छ । यदि मिलिजुली सरकार बनाउन चुनाव प्रणालीले केन्द्रीय पार्टी ९अभलतचष्कत उबचतथ० लाई समर्थन गर्छ भने परिणामस्वरुप समग्र व्यवस्थालाई “केन्द्रीय समानुपातिक प्रतिनिधित्व भएको बहुदलीय व्यवस्था” भनी परिभाषित गरिन्छ । दुई खेमामा परिणाम निस्कने चुनावी व्यवस्थाचाहिं “केन्द्रीकृत” हुँदैनन् तर दुई दलीय व्यवस्था भएको बहुदलीय पद्धति हुन्छ ।
केन्द्रीकृत व्यवस्थाको अनुचित “अतिशय” पनि दलीय व्यवस्थाको रुपमा देखिन सक्छ, जहाँ “केन्द्र” चाहिं मिलिजुली सरकार बनाउँदा असमानुपातिक हुन्छ र अनुचित किसिमको बलियो स्थिति हुन्छ ।

नेपालमा जाति–प्रथाको इतिहास


मुलुकी ऐन संग्रह (१८५४) युरोपेली देशहरुको भ्रमण पश्चात् जङ्गबहादुर राणाले लेखाएका हुन् । उक्त मुलुकी ऐन सामाजिक संहिताको लिखित दस्तावेज हो, जुन शताब्दीऔं पहिलादेखि नेपालमा व्यावहारिक अभ्यासमा ल्याइएको हो । यो मुलुकी ऐन जंगबहादुर राणाले बेलायतबाट विज्ञहरु ल्याएर राज्यद्वारा पहिलो पटक लिखित रुपमा आएको कानुनी दस्तावेज हो । भनिन्छ, जंगबहादुर बेलायत जाँदा उनले गाई पनि नेपालबाटै लगेर गएका थिए । उनले बेलायतकी महारानीसँग दुईटा कुरामात्र मागेका थिए । पहिलो एक लाख बेलायती सेनाको सलामी र अर्को, आफ्नो देशमा लिखित रुपमा कानुन नभएको हुँदा केही बेलायती कानुन–विज्ञहरु नेपाल पठाइदिने आग्रह । उनी नेपाल फर्किएपछि सम्पूर्ण खर्च नेपालले नै बेहोर्नेगरी बेलायती कानुन–विज्ञहरु आएका थिए र मुलुकी ऐन तयार गरिदिएका थिए । मुलुकी ऐन ९ऋष्खष्(िऋयमभ० (१८५४) ले नेपाली समुदायलार्ई पानी चल्ने र पानी नचल्ने गरी दुईवटा जातको वैधानिकता दिएको थियो । यसैले अझै पनि केही ठाउँमा अछुत जातिहरुलार्ई पानी छर्कने प्रचलन विद्यमान छ भने कुनै ठाउँहरुमा यो प्रचलन नभएको पाइन्छ ।
    राणाशासनमा विभिन्न जातजातिसँग सम्बन्धित विभिन्न मुद्दा झै–झगडा तथा सवालहरु सुल्झाउन उक्त जातिको मुखिया (मुख्य मान्छे) लार्ई विश्वास गरिन्थ्यो । कामी र सार्कीका मुख्य व्यक्तिहरुलार्ई “मिजार” भनिन्थ्योे । पहिलो तहका जातिहरुका पनि आ–आफ्नै प्रमुख हुन्थे । समुदायका मानिसहरु सामान्य कानुनी मुद्दा–मामिला सल्टाउन पनि अदालत वा कार्यालय जान नपरोस् भन्ने अभिप्रायले योे पद्दति अपनाइएको थियो । तथापि मिजार तथा नगर्चीहरुले ती समुदायहरुमा अन्याय र शोषण सहनुपर्ने कुराको अन्त्य भएन, न कि उनीहरुको अपिल कसैले सुन्ने चेष्टा ग¥योे ।
    मध्ययुगीन समयदेखि नै समाजमा व्याप्त यस जाति–प्रथाले पिछडिएका जातिहरुको सामाजिक अवस्था क्षीण बन्दै गएको पाइन्छ । परिणामस्वरुप उनीहरुको खाने, बस्ने, रहनसहन तथा अन्य सामाजिक व्यवहारमा पनि यसको प्रतिकूल असर प¥यो र यसैले उनीहरुले आफ्नो आचरण, व्यवहार, सरसफाइ, आत्म–सम्मान तथा जीवनशैलीमा परिवर्तन ल्याउन शुरु गरे । समाजमा आफूलार्ई उपल्लो जातको ठान्ने मानिसहरुले पिछडिएका जातिलार्ई दबाउन र शोषण गर्न चलखेल गरे । फलतः दलितहरुलार्ई मन्दिर प्रवेशमा निषेध गर्ने, शिक्षामा वञ्चित गर्ने, माथिल्लो जातिका उपदेशहरु सुन्नु पर्ने, पूजापाठ गर्न नपाउने, वरपीपलको वृक्ष रोप्न नपाउने, चाडपर्व, उत्सव, भोज–भतेर गर्न नपाउने, प्रतिष्ठाका लागि तलाउ खन्न तथा अन्य सामाजिक रीतिरिवाज मान्न नपाइने खालको अमानवीय एवं असामाजिक प्रतिबन्ध ती जातहरुमा लाद्ने अभ्यासले निरन्तरता पायो, जुन पिछडिएका जातिका लागि अत्यन्त मर्माहत र क्रूर अभ्यास थियो । उनीहरु माथिल्लो परिवारका स्त्री हेरेबापत समाजबाट बहिष्कृत हुन्थे । यसरी उनीहरुले छुन नहुने जातिको रुपमा आफ्नो जीवनयापन गर्नुपर्दथ्यो । संयोेगले उपल्लो जातिका मानिसहरुसँग उनीहरुको भेट भएमा टाउको निहुराउनु पथ्र्यो र जो भए पनि अभिवादन गर्नुपथ्र्यो । कुनै माथिल्लो जातको केटाले तल्लो जातकी केटीसँग विवाह ग¥योे भने ऊ जारी खाटको लागि अयोग्य हुन्थ्यो । यदि उनीहरु माथिल्लो जातको शोषणको विरुद्धमा गए भने मृत्युको सामना गर्नु पर्ने अवस्था पनि हुन्थ्यो ।
छुवाछुतको प्रथा यति चरम थियो कि यदि कुनै माथिल्लो जातको मान्छे पिछडिएको जातिसँग छोइयोे भने उसलार्ई पानी छम्किइन्थ्योे । पिछडिएका जातिहरु दोहोरो सम्वादका लागि पनि निषेधित थिए । यस्ता विभेदकारी नीति तथा अभ्यासहरु हिन्दू–ग्रन्थहरु जस्तै– पर्सकर, गृहसूत्र, गौतम–सूत्र, मनुस्मृति र शुक्रनीतिहरुमा आधारित थिए । उनीहरु समाजमा यसरी अपहेलित भइसकेपछि उनीहरुलार्ई सामाजिक, आर्थिक, सांस्कृतिक तथा प्रशासकीय निकायहरुमा सहभागी गराउने प्रश्नै आउँदैनथ्यो । यसरी उनीहरु न्यून आय–आर्जनका पेशाहरु, जस्तै– बाजा बजाउने, दाउरा चिर्ने, छालाजन्य कामहरु गर्ने, वाद्यवादन तथा नृत्य अभ्यास गर्ने, शौचालय सफा गर्ने, ढुङ्गा फोर्ने आदिमा नै आफ्नो जीविका चलाउन बाध्य हुनुप¥योे । यसरी समाजका यी असहाय तप्का सन् १९५० सम्म विभिन्न सामाजिक अभ्यासहरुबाट प्रताडित भए । न त उनीहरुमाथि सामाजिकरुपमा राम्रो व्यवहार नै गरियोे, न उनीहरुको वेदना कसैले सुन्यो ।
    अहिले पनि जाति–प्रथा चार जात र छत्तीस वर्णको रुपमा पाइन्छ । तर योे तथ्य हिमाली र पहाडी भेगहरुमा मात्र मिल्दोजुल्दो छ । नेवारी र तराईवासी (मधेसी) ले मात्र छत्तीसभन्दा धेरै वर्णलार्ई समावेश गरेको पाइँदैन ।
    पंचायत कालमा नेपाललाई हिन्दू–अधिराज्यको रुपमा परिभाषित गरियोे । र, यसलार्ई नेपाल अधिराज्यको संविधान २०४७ ले पनि सोही रुपमा परिभाषित ग¥यो । तर विश्वको एकमात्र हिन्दू–राज्य नेपालमा हजारौं जनतामाथि अछुतको रुपमा दुव्र्यवहार गरियोे र हाल पनि उनीहरु असाध्य पीडा सहेर र तिरष्कृत भएर समाजमा बाँच्नु परेको स्थिति छ । इतिहास अझ पनि साक्षी छ, लिच्छवी, मल्ल, शाह तथा राणाकालमा पिछडिएका जातिहरुलार्ई अमानवीय व्यवहार गरिन्थ्योे । धेरै दण्ड र सजायको भागीदार गराइन्थ्यो । हिन्दू धर्ममा आधारित तत्कालीन कानुनी प्रावधानले गर्दा नै पिछडिएका जातका मानिसहरुलार्ई हर व्यवहारमा थिचोमिचो गर्ने नृशंस कार्य हुन्थ्यो । उदाहरणको लागि मल्लकालमा शुद्रहरुको लिङ्ग नै काटिदिने कानुनी प्रावधान थियो । ब्राह्मण स्त्रीसँग शारीरिक सम्पर्क राखेको आरोपमा उनीहरुको लिङ्ग काटेर खुवाइन्थ्यो र यतिमात्र होइन उनीहरुको शिरच्छेदन नै गरिन्थ्योे । त्यसैगरी राजेन्द्र शाहको पालामा पनि शुद्रहरु, जस्तै– दमाई, सुनार, सार्की, बलामी, माझी, दनुवार, भोटे, चेपाङ्ग, कुमाल आदिले आफ्नो दाजुभाइको श्रीमतीसँग शारीरिक सम्बन्ध राखेको थाहा भएमा मृत्युदण्ड दिने व्यवस्था थियो । नयाँ नागरिक ऐन (१९६३÷६४) व्यवहारमा ल्याउनुपूर्व पनि योे कानुनी प्रावधानले निरन्तरता पाएको थियो । यसअनुसार उपल्लो जातिको लोग्ने मान्छेले पिछडिएका जातिको आइमाईसँग शारीरिक सम्पर्क राखेमा उसलार्ई थोरै मात्र दण्ड सजाय हुन्थ्यो भने पिछडिएको लोग्नेमान्छेले माथिल्लो जातको आइमाईसँग सम्बन्ध राखेमा उसलार्ई १४ वर्ष जेल सजाय हुन्थ्यो । यस परिप्रेक्ष्यमा निःसन्देह नागरिक ऐन (१९६३÷६४) ले तथाकथित माथिल्लो र पिछडिएका जातिबीच कानुनी समानताको सिद्धान्तलार्ई स्थापित ग¥यो र छुवाछुत विरुद्ध दण्ड सजायको व्यवस्था ग¥यो ।

जातीय वर्गीकरण

    परम्परागत वैदिक मान्यताअनुसार जातलार्ई चार भागमा वर्गीकरण गरिएको छ ।
(क)    तागधारी
(ख)    मतवाली
    –नमस्याने मतवाली
    –मस्याने मतवाली
(ग)    पानी नचल्ने छोइछोटो हाल्नु नपर्ने
(घ)    पानी नचल्ने छोइछोटो हाल्नुपर्ने

माथि उल्लिखित जातीय वर्गीकरणअनुसार तागधारीहरु जातीय वरियतामा सबैभन्दा माथि रहन्छन् । त्यसरी नै क्रमैसित योे तल झर्दै जान्छ ।


जातीय प्रथाको वैधानिकता

    विभिन्न मूलका मानिसहरुलार्ई समावेश गरी जातीय प्रणालीको एउटै छातामुनि सबैलार्ई राख्ने उद्देश्यले मुलुकी ऐनले नयाँ जातीय प्रथा कायम गरेको छ । पहाडी ब्राह्मण र क्षेत्री सहितको पहिलो वरियतामा पर्ने तागधारी जाति–प्रथामा सबैभन्दा माथिल्लो जात मानिन्छ भने तराई ब्राह्मण र नेवारी ब्राह्मण मुलुकी ऐनअनुसार यस वरियतामा पर्दैनन् ।
    मतवाली दोस्रो वरियताका जाति हुन् र यसले जनजाति मूल, मधेसी ब्राह्मण र नेवारी ब्राह्मणको प्रतिनिधित्व गर्दछ । यसले मगर, गुरुङ, राई, लिम्बु, तामाङ्ग, चेपाङ्ग, थामी आदि जनजातिलार्ई समेट्दछ ।
 पिछडिएका जातिलार्ई पानी नचल्ने छोइछोटो हाल्नुपर्नेे र पानी नचल्ने छोइछोटो हाल्नु नपर्ने दुई भागमा वर्गीकरण गरिएको छ । नेपालमा सहजताको निर्माण फरक खालको छ । उदाहरणको लागि उपल्लो जातिको बाबु र पिछडिएको जातिको आमाबाट जन्मने सन्तान जातीय प्रवर्धन एउटा सवाल हो ।


तल्लो जातिहरु

     पिछडिएका जातिका ती समुदायहरुलाई गरगहना, हातहतियार, भाँडावर्तन, माटोको भाँडा बनाउने काम र अन्य श्रमजन्य सीपहरुमा संलग्न गराइएको हुन्छ ।
    सामाजिक चालचलनअनुसार आफूलार्ई उपल्लो दर्जाको जात ठान्नेहरुले छोएको नचल्ने जातहरुलार्ई कामी, सुनार, लोहार, बिश्वकर्मा, शोभ, स्नेही, नेपाली आदि नामले बोलाइन्छ । तिनीहरुको नामको पछाडि तिनीहरु कुन पेशामा संलग्न छन् भन्ने कुरालार्ई जोडिन्छ । उदाहरणको लागि सुनसँग सम्बन्धित काम गर्नेलार्ई सुनार, फलाम सम्बन्धी काम गर्नेलार्ई लोहार आदि ।
    राणा शासनमा योे पेशागत समुदायसँग सम्बन्धित विषयहरुमा काम गर्ने व्यक्तिलार्ई मिजार भनिन्थ्योे । कोही–कोहीले यसलाई ‘उपनाम’ एवं ‘उपजात’ को रुपमा लिइएको पाइन्छ । पश्चिमी क्षेत्रहरुमा सुनारलाई मिजार भनिन्छ । योे समुदाय नेपालको अधिकांश क्षेत्रहरुमा छरिएर रहेको पाइन्छ । यसका विभिन्न सहवर्गीकरणहरु छन् । अग्री, आचाई, आफलाधोती, बखेडा, बोड÷बोर, कदरा (कन्दरा), करदा, कसरा, कालोहर, कालीकोटे, कालीराज, कुमाकी, कैनी, कोइराला, कोली, खड्काथाकी, खपाङ्गी, खाती, गजमेर, गजुरेल, गदाल, गदैली, गहते (गहतराज), गिरी, गोतामे, गोवा, घतानी, धमाल, घर्ती, घिमिरे, घमघोटले, गोताँए, चन्दारा÷चन्दारो, चिलिमे, तिवारी, चुनारा, चिस्ताल, जण्डकामी, तमता (ताम्राकार) थगुन्ना, थतेरा, तिरुवा, दइल, दियाली, दलामी दर्नाल, दुदराज (दूधराज) दुगल, देउपाटे, दिवाल, धमला, धनिक (धानुक), नगरकोटी, (काभ्रे र सिन्धुपाल्चोकका रसाइलीहरुले आफू अनुकुल यसको प्रयोग गर्दछन्), निरौला, नेपाल, पन्थी, पराजुली, पहारी, पध्यवती, पग्री, पार्की, पुलामी, पोखरेल, पोर्टेल, पौडेल, बराइली, बराली÷बराल, बुञ्चेभले, बाँस्कोटा, बिपाली, भट्ट, भट्टराई, भुषाल, मिजार, रसाइली, सामदाम, रिजाल, रिसाल आदि ।

कपडा सिलाउने तथा स्थानीय बाजा बजाउने समुदाय

    कपडा सिलाउने काममा संलग्न हुने पिछडिएका जातिका मानिसहरुलाई ‘सूचिकार’ तथा ‘सूजिकार’ भनिन्छ । वाद्यवादनका सामग्रीहरु जस्तै– दमाहा, ढोलक, हुड्को र देवबाजा बजाउने व्यक्तिहरुलाई सामान्यतया दमाई, ढोली, हुडके तथा नगर्ची पनि चालचलनको भाषामा भन्ने गरिन्छ । कपडा सिउने जातिलाई दर्जी, टेलर, मास्टर पनि भनिन्छ । दर्जी भन्ने शब्दले पूर्वमा अति पिछडिएका जातको मानिसको रुपमा हेरिने गरिन्थ्योे, त्यस्तै धोबीलाई पश्चिमी क्षेत्रमा लिने गरिन्थ्योे । योे समुदाय पनि नेपालको विभिन्न भागहरुमा छरिएर रहेको छ । यसका निम्न वर्गीकरण पाइन्छन् –
    असासाइ, आउजी, कण्डेल, कटुवाल, कार्की, ढोली, कालाखाती, कोइराला, खतिवडा, गुइण्डे, गौतम (गोतामे), घतानी, घले, चहर, चुहान, हिनल, जैरु, थगुन्ना, थातल, तिवारी, थापा, दर्नाल, परियार, दास, देउकर, दिवाख, नगर्ची, नेपाल, पोखरेल, बर्देवा आदि ।

छालाजन्य पेशामा संलग्न समुदाय

    नेपालमा योे जातिलाई सार्की, चर्मकार र मिजार भनिन्छ । पूर्वी नेपालमा न्यून संख्यामा पाइने समुदाय मुख्यतया काठमाडौं उपत्यका र विकट पश्चिमी क्षेत्रमा छरिएर रहेको पाइन्छ । नेपालमा दुई तहका सार्की जातिको प्रधानता छ । एउटा जाति भएको र अर्काे जाति नभएको र यसलाई भुल पनि भनिन्छ । सामाजिक वरियताको दृष्टिकोणले योे समुदायले आफूलाई कामी (बिश्वकर्मा) को हाराहारीमा हेर्दछ । यसका पनि निम्नलिखित सहवर्गीकरण छन् ।
    अछामी, उपरकोटी, उप्रेती, कमार, कोइराला, खतिवडा, गिरी, गैरे, गैरेपिपन, गोथे, घिमिरे, चमार, चुडाल, चुहान, थगुन्ना, जले, तोलाङ्गी, थपलिया, दहाल, दुलाल, बस्ताकोटी, बोगटी, भुर्तेल, लम्साल, शाही, सिरौटे, हिताङ्ग आदि ।

गीत गाउने समुदाय

    ऐतिहासिक वीरगाथा तथा साहसी–कर्मसँग सम्बन्धित गीत गाउने समुदाय जुन नेपालको विभिन्न भागहरुमा गएर घरघरमा गीत सुनाउने गर्दछन् । गाइने तथा गन्धर्व नामले परिचित यस जातिलाई पनि नेपालमा अछुतको रुपमा हेरिन्छ । तिनीहरुले आफूलाई “नेपाली” उपनामले चिनाउने गर्दछन् । देशका विभिन्न भाग घुम्दै गीत गाउँदै हिंड्ने उनीहरुको पेशा भए पनि सामान्यतया यिनीहरु पश्चिमका केही जिल्लाहरु तथा मध्यपश्चिम क्षेत्रका जुम्ला, कास्की, स्याङ्गजा, गोर्खा, तनहुँ, पाल्पा, गुल्मी, भैरहवा, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, प्युठान, दाङ र सल्यानमा बसोबास गर्ने गरेको पाइन्छ । यिनीहरु फाट्टफुट्ट काठमाण्डौ उपत्यका र पूर्वको भोजपुर जिल्लामा पनि रहने गर्दछन् । यिनीहरु मुख्यतया ब्राह्मण, क्षेत्री तथा कामी जातिका नै हुने गर्दछन् । योे जातिका मुख्य उपनामहरु यसप्रकार छन् –
    अधिकारी, कामी, कलाकौशिक, कलापौडेल, कालिचन, गोसाइ, जोगी, ठकुरी, टुर्की, बाहुन, बूढाथोकी, बिष्ट, बोगटी, भुषाल, मुषालपर्वते, महेश्वर, मेघनाथ, बिश्वकर्मा, समुद्री, साइ, सेतापर्वते आदि ।

कुमाल समुदाय

    माटाको भाँडाकुँडा बनाउने पेशामा संलग्न समुदायको नाम हो, कुमाल समुदाय । योे जातका मानिसहरु देशभरि नै छरिएर रहेका छन् । यिनीहरुलार्ई कुनै ठाउँहरुमा छुत र कुनै ठाउँहरुमा अछुत जातिको रुपमा लिइन्छ । पूर्वी नेपालमा कुमाल जातिका दश सहायक जाति पाइन्छन् । सामाजिकरुपमा यिनीहरुले आफूलार्ई नेवार जातिको वरियता बराबर राख्दछन् । यिनीहरुलार्ई अरु जातिहरुले पनि पानी चलाउने गर्दछन् । सेती अञ्चलको अछाम जिल्लामा बसोबास गर्ने कुमालेहरुले आफ्नो जातिलार्ई क्षेत्री सरह ठान्दछन् । योे क्षेत्रमा कुमाल र क्षेत्रीको बीचमा पनि वैवाहिक लेनदेन हुने गर्दछ । तर यही अञ्चलको दिपायल–सिलगढीतिर कुमाल जातिलार्ई पनि अछुतको रुपमा लिइन्छ । महाकाली अञ्चलमा पनि योे जातिलार्ई अछुत जातिको रुपमा व्यवहार गरिन्छ ।

कपडा धुने पेशामा संलग्न समुदाय धोबी

    पहाडी क्षेत्रहरुमा धोबीले आफूलाई अछुत जातिभन्दा माथिल्लो दर्जामा राखेता पनि तथाकथित माथिल्लो जातिहरुले यिनलाई पनि अछुतको रुपमा लिन्छन् । तराईमा राजधोबी र धोबी गरी दुई थरीका धोबीहरु पाइन्छन् । राजधोबी पानी चल्नेमा पर्दछन् भने अर्काथरी धोबी पानी नचल्ने जात हुन् । काठमाण्डौ उपत्यकामा पनि धोबीहरु पिछडिएका जात नै मानिन्छन् ।

तराईमा अछुत (मधेश क्षेत्र)

    तराई प्रदेशका अछुतहरु विभिन्न पेशामा संलग्न भएकोे पाइन्छ । ती हुन् – अघोरी, करोरी (यादव), किच्चक, किसान, कोचे, खत्वे, गन्धर्व (मुस्लिम), चमार, मोची, हरिजन, चिटिमार, गुठिमार, गुठिहरा, झाँगड, झाँगर (कछुवा, खरवा, बकाला, बुजिरा, लकाडा) डुम, डोम÷ढाँगर, तान्ती, तुरी, दुसाध, धोबी, पासवान, पासी आदि ।

नेवार समुदायमा अछुत

    मातृभाषा नेवार बोल्ने भाषिक समुदायलाई हामी नेवार समुदाय भनी बुझ्दछौं । नेवारहरुको मुख्य बस्ती काठमाण्डौ हो । यिनीहरु मुख्यतया नेपालको शहरी क्षेत्रहरुमा बस्छन् । ग्रामीण क्षेत्रहरुमा बस्ने नेवारहरुले नेवारी भाषा नै बोल्न बिर्सेको पाइन्छ । नेवार समुदाय पनि हिन्दू र बौद्ध गरी दुई धर्ममा विभाजित छन् ।
लिच्छविकालको पूर्वाद्र्धतिर आइपुग्दा नेपालमा पहिलो पटक जाति–प्रथा अस्तित्वमा आएको देखिन्छ । नेवार समुदायको हिन्दू तथा बौद्ध धर्म दुवै सम्प्रदायमा जाति–प्रथा व्याप्त रहेको पाइन्छ । काठमाडौं उपत्यकामा राजा जयस्थिति मल्लले मनुस्मृतिको आधारमा जाति–प्रथालार्ई स्थापित गरेका थिए । यसैगरी विभिन्न जातिहरुले आफ्नो सामाजिक इज्जत र प्रतिष्ठाअनुसार विभिन्न पेशा अंगाल्ने, कपडा तथा गरगहना लगाउने र घर बनाउने प्रचलन अभ्यासमा आयोे । योे अभ्यासको विरोधमा जाने मानिस सजायको भागीदार हुन्थ्यो । विभिन्न पेशा तथा व्यवसायका आधारमा जातिहरुलाई वर्गीकरण गरिएको सत्यताको बावजुद पनि अछुतहरुको कम विकास भयोे । खस तथा मैथिली समुदायहरुमा विभेद र अछुतहरुको अवस्थामा केही भिन्नताहरु रहेको पाइन्छ ।
    खस तथा मैथिली समुदायमा अछुतहरुलाई पनि समान व्यवहार गरिन्थ्योे । तर नेवार समुदायले भने उनीहरुलाई असमान रुपमा व्यवहार गर्दथ्यो । उदाहरणको लागि कसाईलाई घरको दोस्रो तल्लामा जान दिइन्थ्यो तर च्यामेलार्ई पहिलो तलामा मात्र प्रवेश थियो । सामान्यतया अछुतहरुलाई माथिल्लो तल्लामा जान रोक लगाइन्थ्यो । कसाईले ल्याएको दूध र मासु चल्थ्योे तर तिनीहरुको घरमा पाकेको चामल भने चल्दैनथ्यो ।
    मुलुकी ऐन (१८५४) लागू हुनुपूर्व नेवार समुदायका केही शुद्रहरुलाई अछुत मानिन्थ्यो । धोबी, कसाई, कुसुले र कुलो जातिलार्ई पानी चल्ने र पोडे तथा च्यामेलाई पानी नचल्ने जातिको रुपमा वर्गीकरण गरेको पाइन्छ । पोडे र च्यामे जातिका मानिसहरु काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लामा बसोबास गर्ने गरेको पाइन्छ । ती बस्तीहरुलाई नै पोडे बस्ती भनिन्छ । उनीहरुले आफूलाई ‘देउला’ को रुपमा परिचित गराउँदछन् । तिनीहरु परम्परागत रुपले फोहोर उठाउने, सरसफाइ कार्य तथा पेशामा संलग्न रहँदै आएका छन् ।
    केश काट्ने पेशामा संलग्न जातिलाई नापित भनिन्छ । नेवार जातिमा सबैभन्दा अछुत भनेर “हुरहुरे” लाई मानिन्छ । यिनका पुर्खाहरु को हुन् भन्ने कुरा अहिलेसम्म स्पष्ट ज्ञात छैन । यिनीहरु मागेर आफ्नो गुजारा गर्दछन् । संख्याका दृष्टिकोणले योे अत्यन्त न्यून छ । काठमाण्डौ उपत्यकाभन्दा बाहिर बस्ने खस समुदायले कसाई, नापित, कपाली र अन्य नेवार जातिलाई पनि छुत सरह नै व्यवहार गर्दछन् ।

भयको शिकार नबन

युग बितेर गयो तर भयको भुत आज पनि मानिसको मनमा त्यसैगरी राज्य गरेर बसेको छ जसरी पहिला बसेको थियो । जब देखि मानिस जन्मेको छ, तब देखि उसलाई भयको वातावरणमा पालिन्छ । हाम्रो बच्चामा यस प्रकारको भयको भूत पिंढी दर पिंढी चलिआइरहेको छ । केही बच्चा त यस्ता छन्, जसले कहिल्यै भालू देखेका छैनन् तर पनि भालूको नामदेखि डराउने गर्छन् ।
हामी आफ्ना बच्चाको मनमा यस प्रकारको अनेकौं भय बसाउने गर्छौं । उनीहरुमा बाल्यकालको यो डरको कारण नाडी तन्त्रको अनेक विकार उत्पन्न हुन्छ ।
यस प्रकार बच्चाको जीवन वास्तविक आनन्दबाट वञ्चित रहन्छ । यहाँसम्म कि उसको यो रोगको कारण मृत्यु समेत हुन्छ । धेरै कुरा यस्ता छन् जसबाट हामीले बच्चाको मनमा भय उत्पन्न गरिदिन्छौ । बाल्यकालमा बसेको डर, ठूलो हुन्जेलसम्म रहन्छ । बच्चाको मन यो नचिनेको व्यर्थको भयको शिकार भएर कमजोर हुन्छ । ठूलो हुनाको साथ साथै यो कमजोरी उसको मनमा बस्छ ।
आमा बाबुले यो कुरा बुझ्दैनन् कि यदि भयलाई बच्चाको जीवनको अंग बनाइदिइयो भने त्यसले भविष्यमा कति हानी हुन्छ । हामीले बच्चालाई यस्तो खालको भयबाट बचाएर राख्नुपर्छ, जस्तो कि हामीले उनीहरुलाई रोगबाट बचाउने गर्छौं । किनकि भय पनि एक प्रकारको भयंकर रोग नै हो ।
आफ्ना बच्चालाई धेरै आमा अरु आँधी बेरी आउँदा कोठामा बन्द गर्ने गर्छन् । यस प्रकार यी बच्चाको मनमा भय अरु धेरै बढ्छ । ऊ एकान्तमा अरु डराउने गर्छ ?
डाक्टर फ्रेंक क्रेनको भनाइ छ– “यदि बच्चालाई भयको हालतमा राखियो भने उनीहरुमा दुष्टता, हृदयहीनता एवं प्रतिशोधको भावना उत्पन्न हुन्छ, जुन दिन प्रतिदिन बढ्दै जान्छ । यस प्रकार बच्चा अपराधी पनि हुन्छ । तान्त्रिक रोगको विशेषज्ञ डाक्टर विलियम एस. सेडलरको भनाइ छ– “शिशुको तान्त्रिक तन्त्रलाई स्वास्थ्य रक्षा उसको जीवनको पहिलो दिवसबाटै शुरु हुन्छ । जब जब शिशुको विकास हुन्छ, तब उसलाई भयपूर्ण कुराबाट टाढा राख्नु राम्रो हुन्छ । उसलाई राक्षस, भूत, चुडैल आदिको कहानी सुनाएर डर देखाउने या धम्क्याउने गर्नु हुँदैन । उसलाई निराशा र चिन्ताजनक कुराबाट पनि टाढै राख्नुपर्छ । दिनको समयमा बच्चा योदेखि डराउँछन् जब राती पनि यही कुरा उसको सपनामा आउँछ तब उसको मन डरले काम्न थाल्छ ।
यो कुरा अस्वीकार गर्न सकिदैन कि यो भयले पूरा मानव जातिलाई दवाइ राखेको छ । यसको एकमात्र कारण हो–बाल्यकालको प्रशिक्षण गलत हुनु । निश्चय नै हामी यो भयको कारण ती हालतमा गएर खोज्न सक्छांै, जुन बाल्यावस्थामा हामीमाथि भैसकेको छ ।
प्रायः देख्नमा आउने गर्छ कि आमाबाबु आफन बच्चालाई डर देखाएर सुधार्ने प्रयास गर्छन् । उनीहरुको मनमा उनीहरुबाट काम लिनको लागि अनेक प्रकारको भय बसाउने गर्छन् ।
ऊ आयो, भूत आयो, दाढी भएको बाबा आयो, तिमीले यो काम गरेनौ भने पुलिसले समातेर लग्ने छ ।
बच्चाको मन सुकोमल हुन्छ । उसले छिटै यो भयको भावना ग्रहण गर्छ । भय यस प्रकार उसको मनमा गहिरो रुपमा बस्छ कि जीवनभर उसलाई भित्र भित्र त्यसले खान्छ ।
लाशबाट बच्चालाई सदैव टाढा राख्नुपर्छ । उनीहरुलाई दर्दनाक दृश्यबाट यथासंभव टाढा राख्नुपर्छ । यो घटना बच्चाको सुकोमल मनमा अचानक आप्mनो अमिट छाप छोड्छ । वर्षौंसम्म यी घटनासँग जोडिएको यादले उनीहरुको आत्मालाई झकझकाइ रहन्छ तथा आउने समयमा सताउने गर्छ ।
आफ्ना बच्चालाई पाल्दा यो कुराको ध्यान विशेष रुपमा राख्नुस् कि उसलाई कुनै प्रकारले भयभीत नगरियोस् । बच्चालाई सदैव निर्भीक एवं साहसी बन्नको लागि प्रेरित गर्नुस् । पाइला पाइलामा बच्चाको उत्साहवर्धन गर्नुस् ताकि ऊ अगाडि बडेर एक भयमुक्त नागरिकको रुपमा अगाडि आओस् ।
आप्mनो बच्चा भित्र सुतेको आत्मविश्वास जगाउनुस् ताकि उसले तपाईंले दिएको आज्ञाको पालना निर्भीकतापूर्वक गर्न सकोस् । उसलाई सदैव यही संझाउने गर कि तिमी विजय पाउन सर्वथा योग्य छौ तथा विजय पाउनको लागि जन्मेका हौ ।
प्रायः  देख्नमा आउने गर्छ कि चिकित्सक मानिस शिशु तथा वयस्क पुरुष र नारी मनमा रहेको डरलाई मनको गहिराइमा समाएको आशंकालाई वशीभूत गर्नको लागि संघर्षरत रहन्छ । किनकि यो भय एवं आशंका उसको मनमा एवं तन्त्रिकाको एक भाग बनिसकेको हुन्छ ।
मनोरोग चिकित्सक व्यक्ति जीवनभर अनेक प्रकारको भयबाट ग्रसित हुन्छ । मनोविशेषज्ञ उसको खोज गर्दै रोगीद्वारा बाल्यावस्थाबाट प्राप्त प्रभावको विश्लेषण गरिन्छ । यसलाई मनोग्रन्थी भनिन्छ ।
जब शिशु सुत्नको लागि जान्छ, उसको मनमा सिर्फ प्रेमको प्रभाव हुुनुपर्छ । सुत्दा कुनै पनि बच्चालाई गाली गरेर या पिटेर सुताउनु हँुदैन ।
प्रायः देख्ने गरिएको छ जुन शिशुलाई राती दण्डित गरिन्छ उनीहरुले डरलाग्दो सपना देख्ने गर्छन्, नराम्रोसँगले निद्रामा बडबडाउने गर्छन् । यस्ता बच्चाको आत्मा भयको शिकार बनेको हुन्छ ।
हामीले यो कुराको ध्यान सदैव राख्नुपर्छ कि जब बच्चाको
मनमा कुनै भय उत्पन्न हुन्छ, उसलाई त्यही समय कुनै न कुनै ढंगले बाहिर निकाल्नु पर्छ ।
आफ्नो बच्चालाई एउटा कुरा संझाउनुस् कि यो दुनियाँमा डर नामको कुनै चीज छैन जसबाट तिमी डराउ । भय सिर्फ दुई अक्षरले बनेको शब्द हो यो भन्दा धेरै केही हैन । भयको कतै कुनै अस्तित्व छैन, यो कोरा कल्पना हो । दुनियाँको कुनै पनि कुरा यस्तो छैन जुन तिमीभन्दा तागतवर होस् । तिमी वास्तवमा बहादुर छौ ।
साहसको कहानी आफ्ना बच्चालाई पूरा सावधानीका साथ सुनाउनुस् । यस्तो कहानी जसबाट उसको मनोबल उच्च होस्, उसले भय त्याग्न सकोस् तथा आपूmलाई बहादुर बनाउन सकोस् । उसको सुतेको आत्मविश्वास जगाएर तपाईं उसलाई भयभुक्त बनाउन सक्नुहुन्छ । कहिल्यै पनि बच्चाको मनलाई दवाउने कुल्चने गर्नु ठीक हुँदैन । यस प्रकार उसमा हीन भावनाले जन्म लिन्छ, जुन उसको लागि सदैव हानिकारक साबित हुन्छ ।
शुरुमा हामीले आफ्नो बच्चाको मनमा यो भावना भर्नुपर्छ– “तिमी जीवनमा महान् काम गर्नको लागि जन्मेका हौ तथा त्यो सबै काम गर्नेछौ जुन तिम्रोलागि तथा सम्पूर्ण समाजको लागि हितकर हुनेछ, तिमी सधैं विजयी रहनेछौ, किनकि तिमी भित्र शक्तिको असिम भण्डार छ ।”
यदि बच्चालाई निरन्तर गाली गर्ने तथा मूर्ख र अबुझ संझने हो भने उसको मनमा आउने राम्रो विचार पनि दूषित एवं विषाक्त हुन्छ ।
जानी नजानी कतै तपाईं पनि यस्तै भूलको शिकार त हुनभएको छैन । सदैव ध्यान राख्नुस् कि आप्mनो बच्चालाई कहिल्यै पनि डर देखाउने कोसिस नगर्नुस् ।
आज धेरै मानिसहरु अत्यन्त साधारण अथवा मध्यम कोटीको जीवन बिताइरहेका छन् । यसको एकमात्र कारण हो जब उनीहरु बच्चा थिए तब उनीहरुका धैर्यहीन आमा–बाबुले उसलाई सानो भूलको लागि पनि गाली गर्ने गर्थे, तिमी मूर्ख हौ, पागल हौ, बेवकूफ हौ, तिमी जीवनमा केही गर्न सक्दैनौ ।”
यस्तो कुरा उसको मनमा सधैंको लागि बस्छ । यसैले उसको भविष्यलाई अन्धकारमय बनाउँछ ।
जुन ईश्वरप्रदत्त आत्मविश्वासको भावना बच्चाको मनमा छ, त्यसमा प्रहार गर्नुभन्दा नराम्रो काम अरु केही हुनसक्दैन ।
निश्चय नै हामी त्यो समय एउटा ठूलो भूल गर्छौं, जबकि हामी आफ्ना बच्चाको आत्मविश्वास तोडिदिन्छौं, उसको मनोबल गिराउँछौं । यस्तो गरेर हामी उसमा साहसको साटो कायरताको भावना भर्छौं । शक्तिको संचार गर्नुको साटो उसलाई दुर्बल बनाउँछौं । यदि हामी मानव जातिलाई सवल बनाउन चाहन्छौं भने हामीले बच्चाको हार्दिक दुर्बलता एवं मनोबल खस्कनबाट बचाउनु पर्छ । आफ्ना बच्चालाई जाडो, गर्मी, बिरामी अथवा चोट लाग्ने भय देखाउनु राम्रो कुरा हैन ।
बच्चाप्रति सहानुभूति पनि एउटा सीमा भित्र प्रकट गर्नुस् । यदि सीमाभन्दा धेरै सहानुभूति देखाउनु भयो भने तपाईंको बच्चा सुस्त, कामचोर र निरुत्साही हुनसक्छ । हामीले आउने नस्लको लागि आफ्नो दायित्वको विषयमा विवेकी हुनुपर्छ ।
हाम्रोलागि यो पनि आवश्यक हुन्छ कि हामी आफ्ना बच्चालाई आत्मनिर्भर र आत्मविश्वासी बनाऔं । उनीहरु प्रति एउटा यस्तो साँचो सहानुभूति पूर्ण व्यवहार गर्नुपर्छ जसले उसको मनबाट पूर्णरुपमा भयको विचारलाई निकालिदेओस् ।
बच्चा नै हाम्रो देशका भविष्य हुन् । यिनै हाम्रो कर्णधार हुन् । वकील, नेता, चिकित्सक, लेखक, इन्जीनियर, आविष्कारक यिनीहरु बाटै बन्ने हुन् । यिनैले हाम्रो सपना साकार बनाउने छन् । हाम्रो भविष्यको तमाम आशा यिनैमा टिकेको छ, त्यसैले यिनीहरुलाई सदैव यस्तो शिक्षा दिनुपर्छ जसले यिनीहरुको मनोबल बढोस् । यिनीहरुले आफ्नो सुतेको आत्मविश्वास जगाउन सकुन् । यिनीहरुमा यस्तो प्रेरणा एवं दृढ संकल्पको भावना भर ताकि उनीहरु भयको भूत भगाउनमा पूर्ण रुपमा सक्षम हुन् ।
अमेरिकन राष्ट्रपति हार्डिंग कलकत्ताबाट अमेरिका फर्के तब उनी जहाजमै एउटा भयंकर रोगबाट पीडित भए । ठीक त्यसै बेला उनलाई भयले घे¥यो । उनको अगाडि चारैतिर डरलाग्दा दृश्यहरु आउने थाले ।
भय...भय...भय, आफ्नो चारैतिर उनलाई भय कुनै भूत जसरी नाचिरहेको देखिन थाल्यो ।
यो खबरलाई समाचार पत्रले मुख पृष्ठमा छापेर जनताको मनमा पनि भय उत्पन्न गरिदियो । आफन राष्ट्रपतिसँग हार्दिक स्नेह राख्ने जनताले सोच्न थाले यदि हाम्रा प्रिय नेता ठीक हुन सकेनन् भने हाम्रो देशको के हालत हुनेछ ?
यस प्रकार जतासुकै हाहाकार मचियो । निराशा, चिन्ता एवं भयको वातावरणमा घेरिएका मानिसहरुको नजर र दिलोदिमाग सबै आफ्नो राष्ट्रपतितिर लागेको थियो ।
जब राष्ट्रपतिलाई सनफ्रान्सिस्को होटलमा पठाइयो, त्यहाँ उनलाई तुरुन्त डाक्टर र नर्सले घेरे । रोगीको आँखा जति पटक खुल्यो उति पटक आफ्नो चारैतिर डाक्टर र नर्स उभिएको पाए । त्यहाँ पाँच जना विशेष डाक्टरलाई बोलाइएको थियो । उनीहरुलाई देख्ने वित्तिकै राष्ट्रपतिलाई लाग्यो निश्चय नै उनलाई कुनै भयंकर रोग लागेको छ ।
केही विचार गर्नुस् यदि हार्डिंग राष्ट्रपतिको साटो कुनै साधारण मानिस भएको भए उसको लागि यतिका डाक्टर र नर्स कहाँबाट आउँथे । प्रायः यति ठूला ठूला डाक्टर देखेर एउटा सामान्य मानिसले पनि यही सोच्न विवश हुन्छ कि उसलाई अवश्य नै कुनै ठूलो रोगले घेरेको छ ।
यो कुरा अस्वीकार गर्न सकिदैन कि यो भयको भूतले धेरै मानिसको जीवनबाट सुख चैन सधैंको लागि खोस्छ । यसले शरीरको लगभग सबै अंगलाई क्षति पु¥याउँछ । यसले हाम्रो शरीरलाई दूषित एवं विषाक्त गरिदिन्छ । यसले हाम्रो कार्यक्षमता घटाइदिन्छ ।
जति मानिसहरु भयले मर्छन् उति बिरामी या युद्धमा पनि मर्दैनन् । भय रोगको सहायक हो, साँचो साथी हो । केही रोगी त सिर्फ यसकारणले मर्छन् कि उनीहरुले ठीक हुने आशा नै छोडिदिएका हुन्छन् ।
निःसन्देह भय एउटा यस्तो खुनी राक्षस हो, जो हरक्षण हाम्रो आत्माको नजिक घुमिरहेको हुन्छ । हामीमाथि जुन समय कुनै संकट या कष्ट आउँछ तब यो भयरुपी राक्षसले हामीमाथि हमला गरिदिन्छ । यसले त्यही समय हाम्रो मनमा यो कुरा भरिदिन्छ– “यो रोगबाट तिमी मुक्त हुनसक्दैनौ । यो कष्टबाट तिमीलाई कसैले बचाउन सक्दैन ।” भयभन्दा ठूलो राक्षस अरु केही छैन । यसले जीवनभर मानिसको पिछा छोड्दैन । जब हाम्रो सबै काम सुचारु रुपमा चलिरहेको हुन्छ तब यो भयको भूत हाम्रो बीचमा छिर्छ, जसको फलस्वरुप हाम्रो बनिरहेको काम चौपट हुन्छ ।
हाम्रो शरीरको धेरैजसो अंग भयको कारणले आफ्नो काम ठीकसँगले गर्न सक्दैनन् । अनेकौं पटक यस्तो पनि देखिएको छ कि यही भयको कारण मानिस भयंकर दुर्घटनाको शिकार भएका छन्, अनेकौं बिरामी यस्तो देख्नमा आएको छ, जसको उपचार पनि कठिन हुन्छ ।
धेरै मानिसहरुको पाचन शक्ति कमजोर हुन्छ । उनीहरुको भोक मरेर जान्छ, पेट भारी रहन्छ । यसरी उनीहरु भित्र भयको शक्ति बढ्दै जान्छ । शरीरको शक्ति घट्न थाल्छ । शरीर कमजोर हुँदा उसलाई नयाँ नयाँ रोगले घेर्छ ।
दुनियाँमा कुनै पनि प्राणी यस्तो छैन कि उसलाई कुनै रोग नै नलागेको होस् । हरेक मानिसमा कुनै न कुनै रोगको कीटाणु पाउने गरिन्छ । अब यदि त्यही मानिस त्यो रोगको चिन्तामा आप्mनो मन लगाउँछ भने यी नयाँ रोग आउनमा धेरै समय लाग्दैन । यस्तो रोग मानव जातिको लागि धेरै भयंकर सिद्ध हुन्छ ।
भय एवं बिनाकुराको पश्चाताप–निश्चय नै यी दुवै कुरा शरीरको घाउ भर्ने प्रक्रियाका बाधक हुन्छन् । यो कुरालाई शल्य चिकित्सकले जान्दछन् कि घाउ भर्नको लागि कति समय लाग्छ । तर जब कुनै रोगी आफ्नो मनमा भय बसाउँछ तब शल्य चिकित्सक पनि यो कुरा बताउनमा असमर्थ हुन्छन् कि घाउ कति समयमा भरिन्छ ।
यो निश्चय नै एउटा अन्यायपूर्ण एवं नराम्रो बानी हो जब हामी कुनै दुःखको शिकार हुन्छौं, जब हामी आफ्नो मानसिक शक्तिको एक एक अणु, आप्mनो इच्छा शक्तिको हरेक अंग आफ्नो सहायतामा लगाउनुपर्छ तब हामी आफ्नो सबैभन्दा ठूलो शत्रु भयको शिकार हुन्छौं । हामी आप्mनो इच्छा शक्ति तथा संकट निरोधक शक्तिको मद्दत नगरेर, आफ्नो शत्रु भयको सहायता गर्न थाल्छौं ।
हामी जुन वस्तुको ध्यान निरन्तर राख्छौं, हामी जसको लागि काम गर्छौं, त्यो वस्तु हामीले अवश्य प्राप्त गर्छौं । हामी हरपल भयले दबिएर बस्छौं भने हामी हरपल भयको बारेमा सोच्छौं, हाम्रो आत्मा एवं हृदयमा यदि भयको छायाँ रह्यो भने फेरि भए नै सदैव हाम्रो साथमा रहने छ, भयबाट हामी कहिल्यै पिछा छुटाउन सक्दैनौ ।
हाम्रोलागि यो बिरामीको समय अरु भयंकर हुन्छ । चिकित्सकले यस्ता अनेकौं केस देखेका छन्, जबकि हैजाको रोगी रोगको उपेक्षा, रोगको भयको कारण समयभन्दा अगावै मर्छ ।
एउटा साधारण रोगीको उपेक्षा, रोगको भ्रमको शिकार भएर रोगी असाध्य हुन्छ । भयको असर शरीरको अंगमा तुरुन्तै पर्छ । विशेषतः मन, मृगौला, पाचन प्रणालीमा त यसको धेरै नराम्रो प्रभाव पर्छ ।
आपूmलाई कैयौं मानिसहरु धेरै कोमल र नाजुक समझन्छन् । उनीहरुलाई अलिकति खोकी या ज्वरो आयो भने रोगी संझन थाल्छन् । जबकि सानोतिनो रोग ती मानवको लागि खेलौन समान हुन्छ ? यसलाई रोग नसम्झनुस् । हामी यी सानातिना रोगको अगाडि झुक्छौं भने हामीलाई यसले दबाउने छ ।
हाम्रो भनाइको अभिप्राय रोगप्रति लापरवाह हुनु भन्ने हैन । यदि तपाईंलाई वास्तवमा कुनै रोग लागेको छ भने निश्चय नै त्यसको उपचार कुनै अनुभवी चिकित्सकबाट गराउनुस् । तर उसलाई कुनै पनि हालतमा आफ्नो मनको बोझ बन्न नदिनुस् । किनकि मानिसको शरीरमा रोग आउने जाने गरिरहन्छ ।
हिलेन क्रेनको भनाइ छ– “भय प्राणीको आफ्नो आध्यात्मिक, चारित्रिक या शारीरिक दुर्बलताको स्वीकृति हो । अर्को शब्दमा यसलाई मन, आत्मा अथवा शरीरको हार पनि भन्न सकिन्छ । भयको अर्थ हो–इच्छानुसार काम गर्न असफल, भयको हालतमा मन जस्तै शरीरको अंग पहिलो अस्थायी रुपबाट तथा पछिल्लो स्थायी रुपले कुण्ठित हुन्छ । पहिला हाम्रो मन निष्क्रिय हुन्छ, त्यसपछि हाम्रो मस्तिष्क क्रिया शून्य हुन्छ, अन्तमा हरेक अंग सुस्त एवं शिथिल हुन्छ ।
हामी जब भयको शिकार हुन्छौं तब त्यो भयलाई यो धेरै प्राप्त हुन्छ कि उसले हामीलाई निर्बल सम्झियोस्, जबकि उसँग आप्mनो केही शक्ति छैन, हामी उसलाई आपूmसँग रहेको शक्ति दिन्छौं ।
ठूलाबडाको भनाइ छ– “ईश्वर निर्मित यो विश्वमा सबैभन्दा कमसल याद केही छ भने त्यो हो–भयको शिकार भएको मानिस ।”
एक लेखकको विचार छ– “हामी जुन वस्तुदेखि भयभित हुन्छौं, त्यसलाई आपूmतिर तान्छौं ।”
कुनै मानिससँग यदि तपाईंले सोध्नुभयो, के तिमी भयभीत हुन्छौ ?”
यो कुरा सुनेर उसले जवाफ दिनेछ, “हैन म कुनै वस्तुदेखि डराउँदिन, म त यो पनि जान्दिन कि भय के हो ?”
केही दिनपछि तपाईंले त्यही मानिसले भनेको सुन्नु हुनेछ–
“मलाई डर छ यार ! कतै म असफल त हुनेहैन । मलाई डर छ कतै मेरो धन्धा चौपट हुने त हैन । मलाई लाग्छ यो काम समयमा पूरा नहुने हो कि ।”
तपाईं यस्तो खालको केही अन्य डरको कुरा पनि उसको मुखबाट सुन्न सक्नुहुन्छ ।
कहिल्यै पनि यो नबिर्सनुस् कि तपाईं जति पटक भय एवं शंकाको भावना प्रकट गर्नुहुन्छ त्यति नै पटक आफ्नो मनलाई अविवेकी बनाउनु हुन्छ । यस प्रकार तपाईंको मनको चौखोट खुल्ला रहन्छ तथा भयले त्यसमा प्रविष्ट हुने मौका पाउँछ ।
यदि तपाईं त्यसको विपरीत भन्नुहुन्छ, “हो मेरोलागि यो काम मुश्किल छैन, म यो काम गरेरै छोड्ने छु । म यो काम पूरा गरेरै सास फेर्नेछु मेरोलागि यो काम अहिलेसम्म सुम्पिएको काममा सबैभन्दा सजिलो छ ।”
यस प्रकार तपाईंमा काम गर्ने एउटा नयाँ भावना उत्पन्न हुन्छ । काम गर्ने भावना एक लहर समान हुन्छ । तपाईंसँग आएर यदि कुनै यस्तोमा निराशा, हताशा अथवा डरलाग्दो कुरा सुन्छ भने यस प्रकार तपाईंको मनको लहरमा पनि निश्चय नै नराम्रो प्रभाव पर्नेछ ।
आफ्नो मनको तरंगद्वारा यस्ता मानिसको कुरा काट्ने प्रयास गर्नुस् । आपूmमाथि उसको निराशाजनक कुरा हावी हुन नदिनुस् । निराशा या भय दुवै एउटै सिक्काका दुई पाटा हुन् ।
क्यालिफोर्नियाको एउटा बागी पुरुषले एक निश्चित समयमा आत्महत्या गर्ने निश्चय ग¥यो, तर कुनै कारणवश आत्महत्याको समयमा उसको रिभल्वरबाट गोली चल्न सकेन ।
आश्चर्यको कुरा यो थियो कि रिभल्वरबाट गोली नचले पनि उसको हृदय गति रोकिएको थियो, यस प्रकार ऊ आफैं म¥यो । आफैंसँग हार्नाले भयले उसको ज्यान लियो ।
निःसन्देह भय धेरै शक्तिशाली हुन्छ । यसले अनेकौं मानिसलाई मृत्युको घाटमा उतारिदिएको छ । यसले कुनै बाघको ज्यान पनि लिन सक्छ ।
आपूmलाई भयबाट बचाउनुस् । यो दुनियाँको बसैभन्दा ठूलो शिकारी हो जो मृत्युलाई सधैं आफ्नो मुठ्ठीमा राखेर हिंड्छ ।
आफ्नो सुत्ने कोठामा हामीले भय आदिलाई छिर्न कहिल्यै दिनुहुँदैन । किनकि निद्राबाटै हामी आप्mनो शरीरमा नवीनता एवं हल्कापन महसुस गर्छौं । हामीले राती पूर्णतः भयमुक्त भएर निद्राको आनन्द लिनुपर्छ ।
यदि जीवनको हरेक क्षेत्रमा सफलता हासिल गर्नुछ भने भयको भूतलाई आपूmमाथि हावी हुन नदिनुस् । पूरा आत्मविश्वासका साथ यसलाई आफ्नो मनबाट निकालेर फ्याँकिदिनुस् ।