Wednesday, January 2, 2013

भयको शिकार नबन

युग बितेर गयो तर भयको भुत आज पनि मानिसको मनमा त्यसैगरी राज्य गरेर बसेको छ जसरी पहिला बसेको थियो । जब देखि मानिस जन्मेको छ, तब देखि उसलाई भयको वातावरणमा पालिन्छ । हाम्रो बच्चामा यस प्रकारको भयको भूत पिंढी दर पिंढी चलिआइरहेको छ । केही बच्चा त यस्ता छन्, जसले कहिल्यै भालू देखेका छैनन् तर पनि भालूको नामदेखि डराउने गर्छन् ।
हामी आफ्ना बच्चाको मनमा यस प्रकारको अनेकौं भय बसाउने गर्छौं । उनीहरुमा बाल्यकालको यो डरको कारण नाडी तन्त्रको अनेक विकार उत्पन्न हुन्छ ।
यस प्रकार बच्चाको जीवन वास्तविक आनन्दबाट वञ्चित रहन्छ । यहाँसम्म कि उसको यो रोगको कारण मृत्यु समेत हुन्छ । धेरै कुरा यस्ता छन् जसबाट हामीले बच्चाको मनमा भय उत्पन्न गरिदिन्छौ । बाल्यकालमा बसेको डर, ठूलो हुन्जेलसम्म रहन्छ । बच्चाको मन यो नचिनेको व्यर्थको भयको शिकार भएर कमजोर हुन्छ । ठूलो हुनाको साथ साथै यो कमजोरी उसको मनमा बस्छ ।
आमा बाबुले यो कुरा बुझ्दैनन् कि यदि भयलाई बच्चाको जीवनको अंग बनाइदिइयो भने त्यसले भविष्यमा कति हानी हुन्छ । हामीले बच्चालाई यस्तो खालको भयबाट बचाएर राख्नुपर्छ, जस्तो कि हामीले उनीहरुलाई रोगबाट बचाउने गर्छौं । किनकि भय पनि एक प्रकारको भयंकर रोग नै हो ।
आफ्ना बच्चालाई धेरै आमा अरु आँधी बेरी आउँदा कोठामा बन्द गर्ने गर्छन् । यस प्रकार यी बच्चाको मनमा भय अरु धेरै बढ्छ । ऊ एकान्तमा अरु डराउने गर्छ ?
डाक्टर फ्रेंक क्रेनको भनाइ छ– “यदि बच्चालाई भयको हालतमा राखियो भने उनीहरुमा दुष्टता, हृदयहीनता एवं प्रतिशोधको भावना उत्पन्न हुन्छ, जुन दिन प्रतिदिन बढ्दै जान्छ । यस प्रकार बच्चा अपराधी पनि हुन्छ । तान्त्रिक रोगको विशेषज्ञ डाक्टर विलियम एस. सेडलरको भनाइ छ– “शिशुको तान्त्रिक तन्त्रलाई स्वास्थ्य रक्षा उसको जीवनको पहिलो दिवसबाटै शुरु हुन्छ । जब जब शिशुको विकास हुन्छ, तब उसलाई भयपूर्ण कुराबाट टाढा राख्नु राम्रो हुन्छ । उसलाई राक्षस, भूत, चुडैल आदिको कहानी सुनाएर डर देखाउने या धम्क्याउने गर्नु हुँदैन । उसलाई निराशा र चिन्ताजनक कुराबाट पनि टाढै राख्नुपर्छ । दिनको समयमा बच्चा योदेखि डराउँछन् जब राती पनि यही कुरा उसको सपनामा आउँछ तब उसको मन डरले काम्न थाल्छ ।
यो कुरा अस्वीकार गर्न सकिदैन कि यो भयले पूरा मानव जातिलाई दवाइ राखेको छ । यसको एकमात्र कारण हो–बाल्यकालको प्रशिक्षण गलत हुनु । निश्चय नै हामी यो भयको कारण ती हालतमा गएर खोज्न सक्छांै, जुन बाल्यावस्थामा हामीमाथि भैसकेको छ ।
प्रायः देख्नमा आउने गर्छ कि आमाबाबु आफन बच्चालाई डर देखाएर सुधार्ने प्रयास गर्छन् । उनीहरुको मनमा उनीहरुबाट काम लिनको लागि अनेक प्रकारको भय बसाउने गर्छन् ।
ऊ आयो, भूत आयो, दाढी भएको बाबा आयो, तिमीले यो काम गरेनौ भने पुलिसले समातेर लग्ने छ ।
बच्चाको मन सुकोमल हुन्छ । उसले छिटै यो भयको भावना ग्रहण गर्छ । भय यस प्रकार उसको मनमा गहिरो रुपमा बस्छ कि जीवनभर उसलाई भित्र भित्र त्यसले खान्छ ।
लाशबाट बच्चालाई सदैव टाढा राख्नुपर्छ । उनीहरुलाई दर्दनाक दृश्यबाट यथासंभव टाढा राख्नुपर्छ । यो घटना बच्चाको सुकोमल मनमा अचानक आप्mनो अमिट छाप छोड्छ । वर्षौंसम्म यी घटनासँग जोडिएको यादले उनीहरुको आत्मालाई झकझकाइ रहन्छ तथा आउने समयमा सताउने गर्छ ।
आफ्ना बच्चालाई पाल्दा यो कुराको ध्यान विशेष रुपमा राख्नुस् कि उसलाई कुनै प्रकारले भयभीत नगरियोस् । बच्चालाई सदैव निर्भीक एवं साहसी बन्नको लागि प्रेरित गर्नुस् । पाइला पाइलामा बच्चाको उत्साहवर्धन गर्नुस् ताकि ऊ अगाडि बडेर एक भयमुक्त नागरिकको रुपमा अगाडि आओस् ।
आप्mनो बच्चा भित्र सुतेको आत्मविश्वास जगाउनुस् ताकि उसले तपाईंले दिएको आज्ञाको पालना निर्भीकतापूर्वक गर्न सकोस् । उसलाई सदैव यही संझाउने गर कि तिमी विजय पाउन सर्वथा योग्य छौ तथा विजय पाउनको लागि जन्मेका हौ ।
प्रायः  देख्नमा आउने गर्छ कि चिकित्सक मानिस शिशु तथा वयस्क पुरुष र नारी मनमा रहेको डरलाई मनको गहिराइमा समाएको आशंकालाई वशीभूत गर्नको लागि संघर्षरत रहन्छ । किनकि यो भय एवं आशंका उसको मनमा एवं तन्त्रिकाको एक भाग बनिसकेको हुन्छ ।
मनोरोग चिकित्सक व्यक्ति जीवनभर अनेक प्रकारको भयबाट ग्रसित हुन्छ । मनोविशेषज्ञ उसको खोज गर्दै रोगीद्वारा बाल्यावस्थाबाट प्राप्त प्रभावको विश्लेषण गरिन्छ । यसलाई मनोग्रन्थी भनिन्छ ।
जब शिशु सुत्नको लागि जान्छ, उसको मनमा सिर्फ प्रेमको प्रभाव हुुनुपर्छ । सुत्दा कुनै पनि बच्चालाई गाली गरेर या पिटेर सुताउनु हँुदैन ।
प्रायः देख्ने गरिएको छ जुन शिशुलाई राती दण्डित गरिन्छ उनीहरुले डरलाग्दो सपना देख्ने गर्छन्, नराम्रोसँगले निद्रामा बडबडाउने गर्छन् । यस्ता बच्चाको आत्मा भयको शिकार बनेको हुन्छ ।
हामीले यो कुराको ध्यान सदैव राख्नुपर्छ कि जब बच्चाको
मनमा कुनै भय उत्पन्न हुन्छ, उसलाई त्यही समय कुनै न कुनै ढंगले बाहिर निकाल्नु पर्छ ।
आफ्नो बच्चालाई एउटा कुरा संझाउनुस् कि यो दुनियाँमा डर नामको कुनै चीज छैन जसबाट तिमी डराउ । भय सिर्फ दुई अक्षरले बनेको शब्द हो यो भन्दा धेरै केही हैन । भयको कतै कुनै अस्तित्व छैन, यो कोरा कल्पना हो । दुनियाँको कुनै पनि कुरा यस्तो छैन जुन तिमीभन्दा तागतवर होस् । तिमी वास्तवमा बहादुर छौ ।
साहसको कहानी आफ्ना बच्चालाई पूरा सावधानीका साथ सुनाउनुस् । यस्तो कहानी जसबाट उसको मनोबल उच्च होस्, उसले भय त्याग्न सकोस् तथा आपूmलाई बहादुर बनाउन सकोस् । उसको सुतेको आत्मविश्वास जगाएर तपाईं उसलाई भयभुक्त बनाउन सक्नुहुन्छ । कहिल्यै पनि बच्चाको मनलाई दवाउने कुल्चने गर्नु ठीक हुँदैन । यस प्रकार उसमा हीन भावनाले जन्म लिन्छ, जुन उसको लागि सदैव हानिकारक साबित हुन्छ ।
शुरुमा हामीले आफ्नो बच्चाको मनमा यो भावना भर्नुपर्छ– “तिमी जीवनमा महान् काम गर्नको लागि जन्मेका हौ तथा त्यो सबै काम गर्नेछौ जुन तिम्रोलागि तथा सम्पूर्ण समाजको लागि हितकर हुनेछ, तिमी सधैं विजयी रहनेछौ, किनकि तिमी भित्र शक्तिको असिम भण्डार छ ।”
यदि बच्चालाई निरन्तर गाली गर्ने तथा मूर्ख र अबुझ संझने हो भने उसको मनमा आउने राम्रो विचार पनि दूषित एवं विषाक्त हुन्छ ।
जानी नजानी कतै तपाईं पनि यस्तै भूलको शिकार त हुनभएको छैन । सदैव ध्यान राख्नुस् कि आप्mनो बच्चालाई कहिल्यै पनि डर देखाउने कोसिस नगर्नुस् ।
आज धेरै मानिसहरु अत्यन्त साधारण अथवा मध्यम कोटीको जीवन बिताइरहेका छन् । यसको एकमात्र कारण हो जब उनीहरु बच्चा थिए तब उनीहरुका धैर्यहीन आमा–बाबुले उसलाई सानो भूलको लागि पनि गाली गर्ने गर्थे, तिमी मूर्ख हौ, पागल हौ, बेवकूफ हौ, तिमी जीवनमा केही गर्न सक्दैनौ ।”
यस्तो कुरा उसको मनमा सधैंको लागि बस्छ । यसैले उसको भविष्यलाई अन्धकारमय बनाउँछ ।
जुन ईश्वरप्रदत्त आत्मविश्वासको भावना बच्चाको मनमा छ, त्यसमा प्रहार गर्नुभन्दा नराम्रो काम अरु केही हुनसक्दैन ।
निश्चय नै हामी त्यो समय एउटा ठूलो भूल गर्छौं, जबकि हामी आफ्ना बच्चाको आत्मविश्वास तोडिदिन्छौं, उसको मनोबल गिराउँछौं । यस्तो गरेर हामी उसमा साहसको साटो कायरताको भावना भर्छौं । शक्तिको संचार गर्नुको साटो उसलाई दुर्बल बनाउँछौं । यदि हामी मानव जातिलाई सवल बनाउन चाहन्छौं भने हामीले बच्चाको हार्दिक दुर्बलता एवं मनोबल खस्कनबाट बचाउनु पर्छ । आफ्ना बच्चालाई जाडो, गर्मी, बिरामी अथवा चोट लाग्ने भय देखाउनु राम्रो कुरा हैन ।
बच्चाप्रति सहानुभूति पनि एउटा सीमा भित्र प्रकट गर्नुस् । यदि सीमाभन्दा धेरै सहानुभूति देखाउनु भयो भने तपाईंको बच्चा सुस्त, कामचोर र निरुत्साही हुनसक्छ । हामीले आउने नस्लको लागि आफ्नो दायित्वको विषयमा विवेकी हुनुपर्छ ।
हाम्रोलागि यो पनि आवश्यक हुन्छ कि हामी आफ्ना बच्चालाई आत्मनिर्भर र आत्मविश्वासी बनाऔं । उनीहरु प्रति एउटा यस्तो साँचो सहानुभूति पूर्ण व्यवहार गर्नुपर्छ जसले उसको मनबाट पूर्णरुपमा भयको विचारलाई निकालिदेओस् ।
बच्चा नै हाम्रो देशका भविष्य हुन् । यिनै हाम्रो कर्णधार हुन् । वकील, नेता, चिकित्सक, लेखक, इन्जीनियर, आविष्कारक यिनीहरु बाटै बन्ने हुन् । यिनैले हाम्रो सपना साकार बनाउने छन् । हाम्रो भविष्यको तमाम आशा यिनैमा टिकेको छ, त्यसैले यिनीहरुलाई सदैव यस्तो शिक्षा दिनुपर्छ जसले यिनीहरुको मनोबल बढोस् । यिनीहरुले आफ्नो सुतेको आत्मविश्वास जगाउन सकुन् । यिनीहरुमा यस्तो प्रेरणा एवं दृढ संकल्पको भावना भर ताकि उनीहरु भयको भूत भगाउनमा पूर्ण रुपमा सक्षम हुन् ।
अमेरिकन राष्ट्रपति हार्डिंग कलकत्ताबाट अमेरिका फर्के तब उनी जहाजमै एउटा भयंकर रोगबाट पीडित भए । ठीक त्यसै बेला उनलाई भयले घे¥यो । उनको अगाडि चारैतिर डरलाग्दा दृश्यहरु आउने थाले ।
भय...भय...भय, आफ्नो चारैतिर उनलाई भय कुनै भूत जसरी नाचिरहेको देखिन थाल्यो ।
यो खबरलाई समाचार पत्रले मुख पृष्ठमा छापेर जनताको मनमा पनि भय उत्पन्न गरिदियो । आफन राष्ट्रपतिसँग हार्दिक स्नेह राख्ने जनताले सोच्न थाले यदि हाम्रा प्रिय नेता ठीक हुन सकेनन् भने हाम्रो देशको के हालत हुनेछ ?
यस प्रकार जतासुकै हाहाकार मचियो । निराशा, चिन्ता एवं भयको वातावरणमा घेरिएका मानिसहरुको नजर र दिलोदिमाग सबै आफ्नो राष्ट्रपतितिर लागेको थियो ।
जब राष्ट्रपतिलाई सनफ्रान्सिस्को होटलमा पठाइयो, त्यहाँ उनलाई तुरुन्त डाक्टर र नर्सले घेरे । रोगीको आँखा जति पटक खुल्यो उति पटक आफ्नो चारैतिर डाक्टर र नर्स उभिएको पाए । त्यहाँ पाँच जना विशेष डाक्टरलाई बोलाइएको थियो । उनीहरुलाई देख्ने वित्तिकै राष्ट्रपतिलाई लाग्यो निश्चय नै उनलाई कुनै भयंकर रोग लागेको छ ।
केही विचार गर्नुस् यदि हार्डिंग राष्ट्रपतिको साटो कुनै साधारण मानिस भएको भए उसको लागि यतिका डाक्टर र नर्स कहाँबाट आउँथे । प्रायः यति ठूला ठूला डाक्टर देखेर एउटा सामान्य मानिसले पनि यही सोच्न विवश हुन्छ कि उसलाई अवश्य नै कुनै ठूलो रोगले घेरेको छ ।
यो कुरा अस्वीकार गर्न सकिदैन कि यो भयको भूतले धेरै मानिसको जीवनबाट सुख चैन सधैंको लागि खोस्छ । यसले शरीरको लगभग सबै अंगलाई क्षति पु¥याउँछ । यसले हाम्रो शरीरलाई दूषित एवं विषाक्त गरिदिन्छ । यसले हाम्रो कार्यक्षमता घटाइदिन्छ ।
जति मानिसहरु भयले मर्छन् उति बिरामी या युद्धमा पनि मर्दैनन् । भय रोगको सहायक हो, साँचो साथी हो । केही रोगी त सिर्फ यसकारणले मर्छन् कि उनीहरुले ठीक हुने आशा नै छोडिदिएका हुन्छन् ।
निःसन्देह भय एउटा यस्तो खुनी राक्षस हो, जो हरक्षण हाम्रो आत्माको नजिक घुमिरहेको हुन्छ । हामीमाथि जुन समय कुनै संकट या कष्ट आउँछ तब यो भयरुपी राक्षसले हामीमाथि हमला गरिदिन्छ । यसले त्यही समय हाम्रो मनमा यो कुरा भरिदिन्छ– “यो रोगबाट तिमी मुक्त हुनसक्दैनौ । यो कष्टबाट तिमीलाई कसैले बचाउन सक्दैन ।” भयभन्दा ठूलो राक्षस अरु केही छैन । यसले जीवनभर मानिसको पिछा छोड्दैन । जब हाम्रो सबै काम सुचारु रुपमा चलिरहेको हुन्छ तब यो भयको भूत हाम्रो बीचमा छिर्छ, जसको फलस्वरुप हाम्रो बनिरहेको काम चौपट हुन्छ ।
हाम्रो शरीरको धेरैजसो अंग भयको कारणले आफ्नो काम ठीकसँगले गर्न सक्दैनन् । अनेकौं पटक यस्तो पनि देखिएको छ कि यही भयको कारण मानिस भयंकर दुर्घटनाको शिकार भएका छन्, अनेकौं बिरामी यस्तो देख्नमा आएको छ, जसको उपचार पनि कठिन हुन्छ ।
धेरै मानिसहरुको पाचन शक्ति कमजोर हुन्छ । उनीहरुको भोक मरेर जान्छ, पेट भारी रहन्छ । यसरी उनीहरु भित्र भयको शक्ति बढ्दै जान्छ । शरीरको शक्ति घट्न थाल्छ । शरीर कमजोर हुँदा उसलाई नयाँ नयाँ रोगले घेर्छ ।
दुनियाँमा कुनै पनि प्राणी यस्तो छैन कि उसलाई कुनै रोग नै नलागेको होस् । हरेक मानिसमा कुनै न कुनै रोगको कीटाणु पाउने गरिन्छ । अब यदि त्यही मानिस त्यो रोगको चिन्तामा आप्mनो मन लगाउँछ भने यी नयाँ रोग आउनमा धेरै समय लाग्दैन । यस्तो रोग मानव जातिको लागि धेरै भयंकर सिद्ध हुन्छ ।
भय एवं बिनाकुराको पश्चाताप–निश्चय नै यी दुवै कुरा शरीरको घाउ भर्ने प्रक्रियाका बाधक हुन्छन् । यो कुरालाई शल्य चिकित्सकले जान्दछन् कि घाउ भर्नको लागि कति समय लाग्छ । तर जब कुनै रोगी आफ्नो मनमा भय बसाउँछ तब शल्य चिकित्सक पनि यो कुरा बताउनमा असमर्थ हुन्छन् कि घाउ कति समयमा भरिन्छ ।
यो निश्चय नै एउटा अन्यायपूर्ण एवं नराम्रो बानी हो जब हामी कुनै दुःखको शिकार हुन्छौं, जब हामी आफ्नो मानसिक शक्तिको एक एक अणु, आप्mनो इच्छा शक्तिको हरेक अंग आफ्नो सहायतामा लगाउनुपर्छ तब हामी आफ्नो सबैभन्दा ठूलो शत्रु भयको शिकार हुन्छौं । हामी आप्mनो इच्छा शक्ति तथा संकट निरोधक शक्तिको मद्दत नगरेर, आफ्नो शत्रु भयको सहायता गर्न थाल्छौं ।
हामी जुन वस्तुको ध्यान निरन्तर राख्छौं, हामी जसको लागि काम गर्छौं, त्यो वस्तु हामीले अवश्य प्राप्त गर्छौं । हामी हरपल भयले दबिएर बस्छौं भने हामी हरपल भयको बारेमा सोच्छौं, हाम्रो आत्मा एवं हृदयमा यदि भयको छायाँ रह्यो भने फेरि भए नै सदैव हाम्रो साथमा रहने छ, भयबाट हामी कहिल्यै पिछा छुटाउन सक्दैनौ ।
हाम्रोलागि यो बिरामीको समय अरु भयंकर हुन्छ । चिकित्सकले यस्ता अनेकौं केस देखेका छन्, जबकि हैजाको रोगी रोगको उपेक्षा, रोगको भयको कारण समयभन्दा अगावै मर्छ ।
एउटा साधारण रोगीको उपेक्षा, रोगको भ्रमको शिकार भएर रोगी असाध्य हुन्छ । भयको असर शरीरको अंगमा तुरुन्तै पर्छ । विशेषतः मन, मृगौला, पाचन प्रणालीमा त यसको धेरै नराम्रो प्रभाव पर्छ ।
आपूmलाई कैयौं मानिसहरु धेरै कोमल र नाजुक समझन्छन् । उनीहरुलाई अलिकति खोकी या ज्वरो आयो भने रोगी संझन थाल्छन् । जबकि सानोतिनो रोग ती मानवको लागि खेलौन समान हुन्छ ? यसलाई रोग नसम्झनुस् । हामी यी सानातिना रोगको अगाडि झुक्छौं भने हामीलाई यसले दबाउने छ ।
हाम्रो भनाइको अभिप्राय रोगप्रति लापरवाह हुनु भन्ने हैन । यदि तपाईंलाई वास्तवमा कुनै रोग लागेको छ भने निश्चय नै त्यसको उपचार कुनै अनुभवी चिकित्सकबाट गराउनुस् । तर उसलाई कुनै पनि हालतमा आफ्नो मनको बोझ बन्न नदिनुस् । किनकि मानिसको शरीरमा रोग आउने जाने गरिरहन्छ ।
हिलेन क्रेनको भनाइ छ– “भय प्राणीको आफ्नो आध्यात्मिक, चारित्रिक या शारीरिक दुर्बलताको स्वीकृति हो । अर्को शब्दमा यसलाई मन, आत्मा अथवा शरीरको हार पनि भन्न सकिन्छ । भयको अर्थ हो–इच्छानुसार काम गर्न असफल, भयको हालतमा मन जस्तै शरीरको अंग पहिलो अस्थायी रुपबाट तथा पछिल्लो स्थायी रुपले कुण्ठित हुन्छ । पहिला हाम्रो मन निष्क्रिय हुन्छ, त्यसपछि हाम्रो मस्तिष्क क्रिया शून्य हुन्छ, अन्तमा हरेक अंग सुस्त एवं शिथिल हुन्छ ।
हामी जब भयको शिकार हुन्छौं तब त्यो भयलाई यो धेरै प्राप्त हुन्छ कि उसले हामीलाई निर्बल सम्झियोस्, जबकि उसँग आप्mनो केही शक्ति छैन, हामी उसलाई आपूmसँग रहेको शक्ति दिन्छौं ।
ठूलाबडाको भनाइ छ– “ईश्वर निर्मित यो विश्वमा सबैभन्दा कमसल याद केही छ भने त्यो हो–भयको शिकार भएको मानिस ।”
एक लेखकको विचार छ– “हामी जुन वस्तुदेखि भयभित हुन्छौं, त्यसलाई आपूmतिर तान्छौं ।”
कुनै मानिससँग यदि तपाईंले सोध्नुभयो, के तिमी भयभीत हुन्छौ ?”
यो कुरा सुनेर उसले जवाफ दिनेछ, “हैन म कुनै वस्तुदेखि डराउँदिन, म त यो पनि जान्दिन कि भय के हो ?”
केही दिनपछि तपाईंले त्यही मानिसले भनेको सुन्नु हुनेछ–
“मलाई डर छ यार ! कतै म असफल त हुनेहैन । मलाई डर छ कतै मेरो धन्धा चौपट हुने त हैन । मलाई लाग्छ यो काम समयमा पूरा नहुने हो कि ।”
तपाईं यस्तो खालको केही अन्य डरको कुरा पनि उसको मुखबाट सुन्न सक्नुहुन्छ ।
कहिल्यै पनि यो नबिर्सनुस् कि तपाईं जति पटक भय एवं शंकाको भावना प्रकट गर्नुहुन्छ त्यति नै पटक आफ्नो मनलाई अविवेकी बनाउनु हुन्छ । यस प्रकार तपाईंको मनको चौखोट खुल्ला रहन्छ तथा भयले त्यसमा प्रविष्ट हुने मौका पाउँछ ।
यदि तपाईं त्यसको विपरीत भन्नुहुन्छ, “हो मेरोलागि यो काम मुश्किल छैन, म यो काम गरेरै छोड्ने छु । म यो काम पूरा गरेरै सास फेर्नेछु मेरोलागि यो काम अहिलेसम्म सुम्पिएको काममा सबैभन्दा सजिलो छ ।”
यस प्रकार तपाईंमा काम गर्ने एउटा नयाँ भावना उत्पन्न हुन्छ । काम गर्ने भावना एक लहर समान हुन्छ । तपाईंसँग आएर यदि कुनै यस्तोमा निराशा, हताशा अथवा डरलाग्दो कुरा सुन्छ भने यस प्रकार तपाईंको मनको लहरमा पनि निश्चय नै नराम्रो प्रभाव पर्नेछ ।
आफ्नो मनको तरंगद्वारा यस्ता मानिसको कुरा काट्ने प्रयास गर्नुस् । आपूmमाथि उसको निराशाजनक कुरा हावी हुन नदिनुस् । निराशा या भय दुवै एउटै सिक्काका दुई पाटा हुन् ।
क्यालिफोर्नियाको एउटा बागी पुरुषले एक निश्चित समयमा आत्महत्या गर्ने निश्चय ग¥यो, तर कुनै कारणवश आत्महत्याको समयमा उसको रिभल्वरबाट गोली चल्न सकेन ।
आश्चर्यको कुरा यो थियो कि रिभल्वरबाट गोली नचले पनि उसको हृदय गति रोकिएको थियो, यस प्रकार ऊ आफैं म¥यो । आफैंसँग हार्नाले भयले उसको ज्यान लियो ।
निःसन्देह भय धेरै शक्तिशाली हुन्छ । यसले अनेकौं मानिसलाई मृत्युको घाटमा उतारिदिएको छ । यसले कुनै बाघको ज्यान पनि लिन सक्छ ।
आपूmलाई भयबाट बचाउनुस् । यो दुनियाँको बसैभन्दा ठूलो शिकारी हो जो मृत्युलाई सधैं आफ्नो मुठ्ठीमा राखेर हिंड्छ ।
आफ्नो सुत्ने कोठामा हामीले भय आदिलाई छिर्न कहिल्यै दिनुहुँदैन । किनकि निद्राबाटै हामी आप्mनो शरीरमा नवीनता एवं हल्कापन महसुस गर्छौं । हामीले राती पूर्णतः भयमुक्त भएर निद्राको आनन्द लिनुपर्छ ।
यदि जीवनको हरेक क्षेत्रमा सफलता हासिल गर्नुछ भने भयको भूतलाई आपूmमाथि हावी हुन नदिनुस् । पूरा आत्मविश्वासका साथ यसलाई आफ्नो मनबाट निकालेर फ्याँकिदिनुस् ।

No comments:

Post a Comment